मोरङमा एक वृद्धको घाँटी रेटेर हत्या

1343
 मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ वर्षका पहाडचन्द राजवंशीको आइतबार राति घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दर्वेसा बजारबाट राति घर फर्कने क्रममा सोनाधारको माईथान मन्दिर नजिक नचिनेका मानिसको समूहले घाँटी रेटेर हत्या गरेको अवस्थामा सोमबार बिहान शव भेटिएको मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । हत्यामा संलग्नको खोजी तथा हत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।