रुपन्देहीको कोटईमाई–१ मा असार १६ गते चुनाव

335
रुपन्देहीको कोटईमाई गाउँपालिका वडा नम्बर १ मा असार १६ गते चुनाव हुने भएको छ ।
खुल्ला तर्फका माओवादी केन्द्रका सदस्य उम्मेदवार मुरारी मल्लाहको निधन भएका कारण असार १४ गतेका लागि तय भएको चुनाव यो वडामा असार १६ गतेका लागि सारिएको जिल्ला निर्वाचन अधिकृत होमनाथ गौतमले जानकारी दिनुभयो ।
दिनभर चुनाव प्रचारगरी घरमा गएका मल्लाहको शनिबार निधन भएको माओवादी केन्द्रका जिल्ला सहसंयोजक अनुप बरालले जानकारी दिनुभयो ।