एमालेले पनि गाउँपालिकाबाटै खाता खोल्यो

321

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पनि गाउँपालिकाको अध्यक्षबाट खोलेको छ। एमालेले बझाङको मष्टा गाउँपालिकाको अध्यक्षमा जित हाँसिल गर्दै खाता खोल्न सफल भएको छ। यसअघि काँग्रेसले पनि बझाडकै काँडा गाउँपालिकामा जित हाँसिल गरेकाे थियाे।

एमालेका कर्णबहादुर कठायत २१४२ मत सहित विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ। उक्त गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै भगवतीकुमारी बोहरा २१८० मत ल्याएर बिजयी भएकी छन्।

कांग्रेसका ज्ञानबहादुर बोहराले १९१७ र उपाध्यक्षमा कांग्रेसकै देवीकुमारी सेटीले १९३० मत प्राप्त गरेकी छन्।