
बझाङको काँडा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेन्द्र बहादुर बोहोरा विजयी भएका छन् । उनले कूल ३ सय ९४ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका मानबहादुर बोहोराले ३ सय ८६ मत ल्याएका थिए ।
गाउँपालिकाको उपाध्यक्ष पदमा पनि काँग्रेसकै कल्पना धामी विजयी भएकी छिन् । उनले ३ सय ९४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेकी गोल्मा तामाङले ३ सय ३६ मत ल्याएकी हुन् ।