स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३ सय ३४ मध्ये २ सय २६ स्थानीय तहको मतगणना शुरु भएको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार हालसम्म प्रदेश नं १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं ७ का ५९ स्थानीय तहको मतगणना शुरु भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
अब १ सय ८ स्थानीय तहको मतगणना शुरु हुन बाँकी छ । उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र अझै २२ मतदानस्थलको मतपेटिका सङ्कलन हुने क्रममा रहेको आयोगले बताएको छ ।