कम्पनीको शेयरमा ७ सय १० कित्तासम्मको लागि आवेदन दिने मध्ये ५० प्रतिशत आवेदकले १० कित्ता शेयर पाएका हुन । २७ सय कित्तासम्म शेयर माग गर्नेको सङ्ख्याको आधारमा १ दशमलव २४ प्रतिशतको औषतमा शेयर बाँडफाँट गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
यस आधारमा एक हजार कित्ता शेयरको लागि आवेदन दिनेले १३ कित्ता शेयर पाएका छन् भने १५ सय कित्ता शेयर माग गर्नेले १८ कित्ता पाएका छन् । ५० हजार रूपैयाँसम्मका लागि ७९ हजार १३ जनाको आवेदन परेकोमा गोलाप्रथाबाट २० हजार ४ सय ९३ जनाले मात्र १० कित्ता शेयर पाएका छन् । कम्पनीको साधारण शेयरमा कुल ९२ हजार ३ सय ८५ ओटा आवेदन परेकोमा ६ सय ८८ ओटा आवेदन रद्ध भएका छन् ।
बिक्री प्रबन्धकका अनुसार दोहोरो आवेदन दिनेहरुको आवेदन रद्ध गरिएको हो । बाँकी ९१ हजार ६ सय ९७ आवेदकलाई शेयर बाँडफाँटमा सहभागी गराइएको उसले बताएको छ । सहभागि मध्ये ३२ हजार ८ सय २४ जनाले शेयर पाएका छन् । संस्थागत लगानीकर्तालाई भने छ्याङ्दीको साधारण शेयरमा निवेदन दिन नपाइने व्यवस्था गरिएको थियो ।
यसअघि लमजुङ जिल्लाका आयोजना प्रभावितहरुका लागि छ्याङ्दी हाइड्रोले २ लाख ७० हजार कित्ता साधारण शेयर निष्कासन गरि बाँडफाँट समेत गरिसकेको छ ।