जिल्ला बालक्लब सञ्जालको अध्यक्षमा दिप्ती भुजेल

385

भक्तपुर । जिल्ला बालक्लब सञ्जाल भक्तपुरको अध्यक्षमा दिप्ती भुजेल निर्विरोध निर्वाचित हुनु भएको छ ।

जिल्ला बाल कल्याण समिति, भक्तपुर र जिल्ला बालक्लब सञ्जाल भक्तपुरको संयुक्त आयोजनामा भएको पाँचौ जिल्ला बाल भेलाले आगामी दुई वर्षका भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

बासु उच्च माध्यामिक विद्यालय भक्तपुरमा सञ्चालन भएको भेलाले उपाध्यक्षमा मनोज सुनुवार, सचिवमा सुविना अछामी, सहसचिवद्वयमा प्रजिता थापा, सुप्रिया कार्की, कोषाध्यक्षमा निशान कार्की सदस्यहरुमा क्रमश : कृष्ण पाण्डे, समिक्षा कार्की, आयुषा उप्रेती, लक्ष्मी कोजु, लाली तामाङ निर्विरोध रुपमा चयन गरेको हो ।