सिद्दीकालिमा रक्तदान

684

भक्तपुर । भक्तपुरको सानोथिमीमा रक्तदान जीवन दान भन्ने नाराका साथमा रक्तदान सम्पन्न भएको छ ।

सिद्दीकाली जिम क्लवको आयोजनमा रक्तदान सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ४६ जना युवा युवतीले आफ्नो अमुल्य रक्त दान गर्नुभएको क्लवले जानकारी दिएको छ ।
क्वलको आयोजनमा रक्तदान लगायत मधुमेय परिक्षण पनि भएको थियो । उक्त कार्यक्रममा १ सय १५ जनाले आफ्नो मधुमेय परक्षण समेत गर्नुभएको थियो ।