लागुऔषध सहित एक जना पक्राउ

458

काठमाडौं । नागढुङ्गा प्रहरीले सोमबार विहानै लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

विरगञ्जदेखि काठमाडौं आउँदै गरेको ना ६ ख १५३५ नम्बरको बसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा भारतको भारतको मोतिहारीका १९ वर्षे फूल महमद अन्सारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीबाट डाइजेल्याव २५०, फेनार्गन १६९ र नुफिर्न १५० एम्पुल बरामद गरिएको महानगरिय प्रहरी प्रभाग नागढुङगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको घर्तीले बताए ।