साम्राज्यवादविरुद्ध समाजवादी देशहरु एक हुनु जरुरी

502

संयुक्त राज्य अमेरिका संसारका स–साना कमजोर देश वा राज्यहरूलाई शक्तिमार्फत आफ्नो वशमा पार्ने साम्राज्यवादी देश हो । कुनै स्वाधीन र सार्वभौम देशमाथि शक्तिकै भरमा ठाडो हस्तक्षेप गर्ने, आक्रमण गर्ने सिद्धान्त या विचार बोकेको अमेरिका संसारकै दादागिरी देश हो । साम्राज्यवादको सिद्धान्त मान्ने साम्राज्यवादी देश अमेरिकाको विरोध अपरिहार्य छ यसमा समाजवादी पक्षधर मुलुक अगाडि छन् । अमेरिकी शासकमा पहिलेदेखिको चढेको शक्तिको पारो अहिले पनि झरेको छैन । अमेरिका आफूलाई मन नपरेको या आफ्नो विचारसित नमिलेको देशलाई आक्रमणको धम्की दिन्छ, नाकाबन्दी गर्छ, कालोसूचीमा राख्छ । स–साना मुलुक जुधाएर हतियारको व्यापार गर्छ र धनी बन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई कडा जवाफ दिने समय आएको बताए । उनले दक्षिण कोरियाले आफ्नो सुरक्षाका लागि रक्षात्मक क्षमता बढाउँदै लैजाने बताए । अमेरिकाले दक्षिण कोरियामा किन रक्षात्मक क्षमता बढाउन प¥यो ? आफूले दक्षिण कोरियामा रक्षात्मक क्षमता बढाउनेतर्फ चिन्ता किन लिनुप¥यो । अरू देशसँग सहकार्य गरेर कतै अमेरिकाले उत्तर कोरियामा कुनै बेला आक्रमण गर्ने गृहकार्य त गरिरहेको छैन ?

अमेरिकाले दक्षिण कोरियामा दसकौं वर्षदेखि सेना तैनाथ गरेको छ । त्यस्तै अफगानिस्तानलगायत अन्य दर्जनौं मुलुकमा सेना तैनाथ गरिरहेको छ । त्यही अमेरिकाले अर्को देशमा किन आर्थिक नाकाबन्दी, किन आक्रमणको धम्की ! आफूले अरू देशमा आतड्ढित बनाउँदै आक्रमण गर्ने चेतावनी दिएपछि अरू देशले प्रत्याक्रमणकोे पनि तयारी गर्न नहुने ? अमेरिकाले आफूलाई संसारकै शक्तिशाली देश ठान्छ । शक्तिशाली देशको अभिमानी गरेर अमेरिका अरू देशमा आफ्नो प्रभाव जमाउन चाहन्छ, वशमा राख्न चाहन्छ । सारमा साम्राज्य फैलाउने काममा अमेरिकाले नेतृत्व गरिरहेको छ ।साम्राज्यवादी नीतिको विरोध समाजवादी देशले नगरे कसले गर्छ ? सबै मुलुकलाई समान दृष्टिले हेर्ने संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बनेको छ, बनिरहेको छ । अमेरिकाकै उठवसमा रहेको संयुक्त राष्ट्र सङ्घले संसारका मुलुकलाई समान दृष्टिले हेर्ला भनी कसरी विश्वास गर्ने ? संसारबाट साम्राज्यवादको प्रभाव अन्त्य गर्न संसारका सबै समाजवादी, वामपन्थी, प्रगतिशील देशभक्त सरकार र दल एकजुट हुनुपर्छ, एकजुट भएर साम्राज्यवादको निन्दा गर्नुपर्छ । साम्राज्यवादी विचारलाई नामेट पार्नसक्यो भने कुनै पनि स्वतन्त्र र सार्वभौम देश आतड्ढित हुनेछैन, कहीं कतै एउटा देशले अर्को देशलाई आक्रमण गर्ला भन्ने चिन्ता लिनुपर्ने छैन ।(‘मजदुर’ दैनिकबाट)