अनलाईनवाट लाईसेन्सको फर्म भर्ने पाँच जना

586

भक्तपुर । यातायात ब्यवस्था विभागले ग्राहकको सेवाको लागि अनलाईन मार्फत फर्म भने सेवा प्रदान गरेपनि भक्तपुरमा भने अनलाईन फर्म भर्नेको संख्या हाल सम्मा शुन्य प्राय नै छ ।

अनलाईन फर्म भर्न सक्ने भएपनि लाईसेन्सको फर्म भर्नेहरु विहन ३ वजेदेखि लाईन वस्ने गर्दछन् तर अनलाईन फर्म भनेको संख्या भने केवल ५ रहेको यातायात ब्यवस्था कार्यालय भक्तपुरले जनाएको छ ।
विश्व २१ औं शताब्दीको उच्च अवस्थमा भएपनि हाल सम्म उपत्यकाको एक जिल्लामा नै अनलाईन फर्म भर्न जान्ने मानिसको शुन्य प्राय हुनु अचम्मको विषय हो ।

सेवा विस्तार सँगै ग्राहको सेवाका लागि अनलाईन मार्फत फर्म भर्न सक्ने र कार्यालयमा उक्त जानकारी वुझाउन मिल्ने भएपनि हाल सम्म जम्म पाँच जनाले अनलाईनमार्फत सेवा लिन आस्चर्य लागेको यातायात ब्यवस्था कार्यालय भक्तपुरका प्रमुख अनुप भट्राई वताउनु हुन्छ ।

उहाँका अनुसार भक्तपुरमा माघ २ गतेदेखि लाईसेन्स नविकरण र नयाँ लाईसेन्सको आवेदन दिन सेवा विस्तार भएको हो ।
यातायात ब्यवस्था विभागले अनलाईन फर्म मार्फत सेवा विस्तार गरेपनि उपत्यकामा नै उल्लेख्य रुपमा सेवा नलिएको विभागले जनाएको छ ।