परेवा उडानको उपाधी गोरखशम्शेरलाई

2202

भक्तपुर । नेपाल परेवा उडान संघको आयोजनमा बैषाख र जेष्ठमा सम्पन्न १८ औं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधी ठमेलका गोरख शम्शेर जबराले हात पारेका छन् ।

उनलाई चार लाख वरावर चाँदिवाट निर्मित पुर्ण कदको परेवाको प्रतिमा केयुर रनिङ शिल्डको उपाधी सहित नगद २५ हजार प्रमाणपत्र लगायतले सम्मान गरिएको छ । जबराको कुल पाँचवटा परेवाले २८ घण्टा ८ मिनेट उडान गरी प्रथम उपाधी हाँसिल गरेको हो । जवराले हाल सम्म २ पटक उक्त उपाधी हाँसिल गरि सकेका छन् । अव एक पटक उक्त उपाधी उनैले हाँसिल गरेमा उक्त रनिङ सिल्ड उनकै पोल्टामा जाने छ ।

यस्तै ठमेलकै रविन्द्र महर्जनको परेवाले कुल २१ घण्टा ४३ मिनेट उडान भरि दोस्रो स्थान हाँसिल गरेका छन् भने, २१ घण्टा ३१ मिनेट उडान भरि ठमेलकै पुष्प महर्जनले तेस्रो स्थान हात परेका हुन् ।

यस्तै अधिल्लो वर्ष देखि सुरु गरिएको विष्णु भक्त श्रेष्ठ उत्कृष्ठ रनिङ सिल्डको उपाधी भने यो वर्ष भक्तपुर बोडेको संजय था श्रेष्ठले हाँसिल गरेका छन् । उनको चिनी परेवाले कुल प्रतियोगितभरमा ८ घण्टा ३९ मिनेट उडेर पुर्ण प्रतियोगिता भर धेरै उड्ने परेवाको उपाधी हाँसिल गरेको हो

हाल सम्मा केयुर रनिङ शिल्डको उपाधी भक्तपुर कौष्लटारका बिनोद कुटु , भक्तपुरकै मधु घिमिरले एक एक पटक आफ्नो नाम दर्ज गरेका छन् भने यस पटक वाट गोरखशम्सेरले भने २ पटक उक्त शिल्डमा आफ्नो हक जमाएका छन् । उक्त शिल्ड तीन पटक सम्म जित हाँसिल गर्नेको पाल्टामा जाने नियम छ ।

प्रतियोगिताको पुरस्कार वितरण गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले परेवा उडाउने खेल एक दम महँगो र प्रचिन खेल भएका कारण यसको विकास एवं सम्वर्धनका लागि सवैले प्रयास गर्नु पर्नेमा जोड दिए । उनका अनुसार यो खेल एक ऐतिहाँसिक खेल भएका कारण यसलाई ऐतिहाँसिक खेलका रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

संघले प्रदान गर्दै आएको कदर पत्र वाट भने यस वर्ष संघका कोषध्यक्ष उज्जवल रिमाललाई प्रदान गरिएको छ । यस्तै खेलमा सहभागी खेलाडीहरुलाई कदर पत्र वाट सम्मान गरिएको थियो भने खेलमा प्रथम हुने लाई रु २५ हजार , दोस्रो १५ हजार , तेस्रो हुनेलाई १० हजार , चौथो हुनेलाई ५ हजार , पाँचौं हुनेलाई ४ हजार , छैठौं हुनेलाई ३ हजार र उत्कृष्ठ परेवालाई ५ हजार नगद चाँदीको शिल्ड , मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

प्रतियोगितामा भक्तपुर , ललितपुर , काठमाण्डौं र काभ्रेका गरि ३७ प्रतियोगीले भाग लिएका थिए । यस वर्ष प्रतियोगितामा टाउके , चिनी , तनियाँ, कास्नी , काभरा लगाएतका जातका परेवा उडाइएको थियो ।