आफ्नै कमजोरीले नेपाली कांग्रेस दोस्रो भएको हो : महत

368

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रकास शरण महतले पहिलो र दोस्रो स्थानिय निर्वाचनमा आफ्नै कमजोरीका कारण नेपाली काँग्रेस दोस्रो भएको वताउनुभएको छ ।

शहिद भरत गोपाल झाको ७८ औं जन्म जयन्ती तथा उहाँको जेल डायरी उहि झा नामक पुस्तकको आईतवार लोकार्पाण कार्यक्रममा नेता महतले आफ्नै कमजोरीले नेपाली काँग्रेस पछि परेको वताउनुभएको हो ।

पार्टी भित्रको अन्तरद्दन्दलाई हामीले सम्हाल्न नसक्दा आफ्नो पार्टी दोस्रो भएको उल्लेख गर्दै उहाँले अवका दिनमा पनि यस्तो कमजोरी रहएमा पार्टीलाई ठुलो धक्का पुग्ने वताउनुभयो । उहाँका अनुसार हामी स्थानिय निर्वाचनमा दोस्रो भयौं होला तर आफ्नो जिम्मेवारी र कर्तब्य वाट भने हामी कहिलेपनि विमुख नहुने वताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सभासद रामेश्वर प्रसाद ढुंगेल , पुर्व जिल्ला सभापती तिलक कायस्थ, राम वहादुर ठकुरी लगाएतका वक्ताले स्वर्गिय झाको सम्झना गर्दै उहाँको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा जिल्ला सभापती दुर्लभ थापा, क्षेत्रिय सभापतीहरु जिवन खत्री , नारायण खायमली, नेपाली काँग्रेसका नेता तथा झाका परम मित्र गोविन्द जोषी, थिमी नगरपालिका उप मेयर अन्जना मधिकर्मी, नेत्री रजनी जोन्छे लगायतका वक्ताले भरत गोपाल झालाई सरकारले नै शहिद  घोषणा गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सभापतीत्व स्वर्गिय झाकी धर्म पत्नी शारदा झाले गर्नुभएको थियो ।