असार २७ गते विप्लवको बन्द किन ?

440

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले असार २७ गते नेपाल बन्द गरेको छ । नेकपाकी सेक्रेटरी नीरु थापाले एक विज्ञप्ति जारी गर्दै असार २७ गते नेपाल बन्द गर्ने निर्णय भएको जानकारी दिएकी छिन् ।

स्थानीय तहको निर्वाचनमा नेकपाका नेता/कार्यकर्ता निर्वाचन खारेजीको माग गर्दै अभियानमा होमिइँदा पक्राउ गरेको भन्दै नेपाल बन्द भोलि गरिएको थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘नेकपाका कार्यकर्तालाई झुटा मुद्धा लगाई जेल र हिरासतमा राखिएको छ उनीहरुलाई तत्काल रिहा गरियोस’ विज्ञप्तिमा भनिएको छ ‘दबाब र आन्दोलनको साथै २७ गते नेपाल बन्द गरिएको छ ।’ यातायात, कलाकारखाना, शैक्षिक क्षेत्र सबै ठप्प हुने विज्ञप्तिमा उल्लेख छ ।