भारत बनाउँदै छ यस्तो मिसाइल, जसले पूरै चीन ध्वस्त हुनेछ

499

काठमाडौं– भारतले चीनलाई ध्यानमा राख्दै आफ्नो परमाणु हतियार र देशको परमाणु रणनीतिलाई लगातार आधुनिकीकरण गरिरहेको छ ।

पहिला भारतको ध्यान पाकिस्तानमा केन्द्रित थियो तर अब यसको जोर चीन तर्फ फर्किएको दुई अमेरिकी वरिष्ठ परमाणु विशेषज्ञलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भातर अब एक यस्तो मिसाइल बनाउन गइरहेको छ जो दक्षिण भारतलाई आफ्नो आधार बनाएर पूरै चीनलाई निशाना बनाउन सक्छ । इण्डियन न्यूक्लियर फोर्स २०१७ शीर्षकमा लेखिएको लेखमा हान्स एक क्रिस्टेसेन तथा रोवर्ट एस नोरिसले भारत १५० देखि २०० परमाणु हतियार बनाउनका लागि पर्याप्त प्लूटोनियमको बढोत्तरी गरिसकेको छ । तर उसले १२० देखि १३० परमाणु हतियारको निर्माण गरेको छ ।

यी विशेषज्ञको दाबी छ कि पराम्परागत रुपमा पाकिस्तानमा आधारित भारतको परमाणु रणनीति अब चीन माथि केन्द्रित भएको छ । भारतको ध्यान अव उसको परमाणु आधुनिकीकरणमा केन्द्रित रहेको छ । र उ चीनका साथ भविष्यको सामरिक सम्बन्धमा धेरै ध्यान दिइरहेको छ ।

विशेषज्ञका अनुसार भारतसँग सात परमाणु सक्षम प्रणाली छ । यसमा दुई विमान, जमिनबाट सञ्चालन हुने चार बेलास्टिक मिसाइल तथा समुद्रबाट मार हान्न सक्ने एक बेलास्टिक मिलाईल । कमसे कम चार अरु प्रणालीमाथि काम भइरहेको छ ।