भक्तपुरका तीन नगरको नीति तथा कार्यक्रम सार्वजनिक

1497

भक्तपुर । भक्तपुरका दुई नयाँ नगर चाँगुनारायण, सुर्यविनायक नगरपालिका र पुरानो नगर मध्यपुर थिमी नगरले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकामा पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरुले आगामी वर्षको लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् भने मध्यपुर थिमीले २० वर्ष पछि पाएको नयाँ प्रतिनिधि मार्फत आफ्नो नीति तथा कार्यक्रम आआफ्नै विविध कार्यक्रम सहित सर्वजनिक गरेको छन् ।
चाँगुनारायण नगरपालिकाका प्रमुख शामे मिश्रले नयाँ वनेको नगरपालिका विभिन्न चुनौति एवं वाधा अडचन भएपनि यसको समुन्नत विकासका लागि आफुहरु लागि पर्ने वताए । पहिलो नगर सभावाट नगरपालिकालाई समृद्द नगरको रुपमा विकास एवं परिचित गर्न वडा भेलावाट आएका सुझाव र योजनालाई निरन्तरता दिदै विकासको बाटोमा लैजाने उनले वताए ।
यस्तै सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नका लागि आफुहरु लागि पर्ने वताए ।
थिमी नगरलाई आर्थिक सामाजिक साँस्कृतिक र प्राकृतिक रुपमा सम्मुन्नत बनाउने योजना सहित नगर परिषद सम्पन्न भएको मध्यपुर थिमीका नगर प्रमुख ……ले वताए ।
तीनै नगरले कृषि, पर्यटन, सम्पतिकर, भुकम्प पिडितलाई प्राथमिकता दिदै कार्य गर्दै लैजान योजना समेत पारित गरेका छन् ।

कार्यक्रममा नगरकार्यपालिकाहरुले एकिकृत सम्पत्तिकर सम्बन्धी निर्देशिका तयार गरी २०७५(०७६ मा लागू गर्ने, बस्ती विकास, शहरी योजना, भवन निर्माण मापदण्ड अनिवार्य लागू गर्ने, भुकम्पपिडितलाई राहत र पुर्ननिर्माणमा प्रभावकारीका साथ लाग्ने, नगर वडाका नाममा रहेका चलअचल सम्पत्तिको विवरण अद्यावधिक गर्ने, खाद्यान्न तरकारी तथा पशुजन्य उत्पादनमा आत्र्मनिर्भर बन्ने खोला किनारमा तटबन्धन गर्ने लगायतका निति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन्।