सुर्यबिनायक नगरपालिकाको वडा नं. ६ कार्यालय उद्घाटन

708

आज सुर्यबिनायक नगरपालिका वडा नं. ६ को वडा कार्यालय उद्घाटन गरिएको छ।

नगरपालिकाका प्रमुख बासुदेव थापाले बिधिवत रुपमा कार्यालय उद्घाटन गर्नु भएको हो।

हाललाई वडा कार्यालय सुर्यबिनायक पाण्डुबजार स्थित रोसम स्कुल मार्गमा स्थापना गरिएको छ।

उद्घाटनको क्रममा प्रमुख थापाले जनप्रतिनिधि तथा कर्मचारिहरुलाई पार्टिभन्दा बाहिर रहि जनताको कार्यलाई सहज ढंगले सम्पन्न गर्नको लागि अनुरोध गर्नु भयो।

साथै उहाँले निकट भविष्य मै वडा कार्यलयको आफ्नै निजि भवन निर्माण गर्ने बताउनु भयो। यसै क्रममा वडा अध्यक्ष रामेश्वर ध्वजुले वडाबासिको निम्ति जनस्वास्थ्य कार्यालय स्थापना गर्ने , वडाको सरसफाई र खानेपानी, ढल निकास, बाटो निर्माण, शिक्षा लगायतका क्षेत्रमा उल्लेख सुधार गर्नको लागि तत्काल योजनाहरु ल्याउने बताउनु भयो।

वडाबासिको हरेक समस्या समाधानका लागि आफू सधैं तत्पर रहने उहाँले बताउनु भयो।