तामाङ भाषाको सुपरहिट फिल्म देन्वा माया

2772

भक्तपुर । तामाङ भाषा र संस्कृति परम्परा अनी रितिथिती आदि समेटेर बनेको चलचित्र देन्वा माया तामाङ भाषाको सुपरहिट चलचित्रमा आफ्नो नाम दर्ज गर्न सफल भएको छ ।

तामाङ सुपर स्टार डम्फु मिडिया प्रालिको तस्रो प्रस्तुती तथा रोशी फिल्मस् प्रालिको ११रौं प्रस्तुती रहेको देन्वा मायाले तामाङ समुदायको मन जित्न सफल चलचित्रमा आफुलाई उभ्याएको छ ।

अमिर दोङ को निर्देशनमा दिपेन्द्र लोप्चन मुरली र रञ्जीता लामाद्वारा निर्मित उक्त चलचित्रमा मुख्य भुमिकामा अमिर दोङ, दिपेन्द्र लोप्चान मुरली , सुस्मा मोक्तान, सीता लामा,नोरसाङ दोङ, पदम दोङ, कुईसाङ रोम्वा आदि रहेका छन् ।

त्रिकोणत्मक प्रेम कथामा आधारीत यस फिल्ममा तामाङ समुदायको कला संस्कृति , रिति रिवाज र आधुनिकता सँग सँगै तामाङ समुदायमा आएका विभिन्न विषयवस्तु र तिनको समाधानका विषयमा स्पस्ट रुपमा देखाउन खोजिएको चलचित्रका निर्माता दिपेन्द्र लोप्सान मुरली वताउनुहुन्छ । उहाँका अनुसार आफ्नो भाषा र संस्कृति जोगाउने कार्य आफ्नै हो कसरी समय अनुसार हामी पनि परिर्वतन हुनु पर्दछ त र यो परिवर्तन सँग सँगै कसरी आफ्नो भाषा र संस्कृतिको रक्षा गर्न सकिन्छ भनी यस चलचित्रमा चित्रण गर्ने प्रयत्न गरेको उहाँले वताउनुभयो ।

यस चलचित्रको छायंकन भने कतार लगाएत नेपालका विभिन्न स्थानमा गरिएको चलचित्रका सह निर्देशक अमृत गिरीले वताउनुभयो । हामीले चलचित्रलाई तामाङ समुदायको विभिन्न पक्षको उजागरका लागि कतार देखि काठमाण्डौं, काभ्रे, दोलखा, सिन्दुपाल्चोक, सिन्दुली लगाएतका स्थानमा छायाङकन गरेका छौं उहाँले जानकारी दिनुभयो ।

उक्त चलचित्रमा ५ गीत मध्य एक गीतको छायांङकन कतारमा भएको समेत उहाँले जानकारी दिनुभयो ।
२ घण्टा २० मिनेटको उक्त चलचित्र हालसम्मको तामाङ चलचित्र भन्दा भिन्न किसिमको र कथावस्तु , प्राविधिक, कलाकरिता, पटकथा र संवाद रहेका कारण तामाङ समुदायमा लोकप्रिय चलचित्रको दर्जा समेत पाएको छ । चलचित्रको लोकप्रियता अनी मागका कारण भक्तपुरमा दोस्रो पटक यस चलचित्रको पुन सो गरिएको छ ।