नःपुखुमा महिलाको शव भेटियो

982

भक्तपुर । भक्तपुर दुधपाटी स्थित नःपुखुमा एक महिलाको शव फेला परेको छ । भुकम्प पीडित बस्नको लागि बनाइएको टहरामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको अनुसार अन्जादी ४०/४२ वर्षकी जस्तो देखिने ती महिलाको पहिचान खुल्न सकेको छैन् । प्रहरीले शवको पोष्टमार्डमको लागि त्रिवि शिक्षण अस्पताल माहराजगन्ज पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।