लागू औषध सहित काठमाण्डौमा तीन व्यक्ति पक्राउ

325

टोखा नगरपालिका–७ खरिबोट बस्ने २४ वर्षीय अशोक नेपाली, काठमाडौं महानगरपालिका–१४ लिङकमार्ग बल्खु डेरा गरी बस्ने उदयपुर बेलटार–६ घर भएकी ४६ वर्षीया कौशिला योगी र भक्तपुर बालकोट डेरा गरि बस्ने धनुषा नगरपालिका–३ क्याम्पस चोक घर भएका २४ वर्षीय पंकज ठाकुरलाई प्रहरीले विभिन्न लागू औषध सहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत महाराजगंजबाट खटिएको प्रहरी टोलीले अशोक नेपालीको कोठमा खानतलासी गर्दा लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र नोर्फिन ७ एम्पुल फेला पारेको थियो । पक्राउ परेका नेपालीले दिएको सूचनाको आधारमा योगीको कोठामा तलासी गर्दा ३ सय एम्पुल डाईजेपाम, ३ सय एम्पुल फेनारगन र ३ सय एम्पुल नोर्फिन र ठाकुरको कोठाबाट १ सय एम्पुल डाईजेपाम, १ सय एम्पुल फेनारगन र १ सय एम्पुल नोर्फिन बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।