काठमाडौं – हास्य कलाकारहरुद्धारा निर्मित चलचित्र छक्कापन्जा दुईले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ ।
कविराज गहतराजले निर्देशन गरेको ए दाजु नसमाउ नाडीमा, धुलो लाग्ला नाइलनको साडीमा बोलको गीत सार्वजनिक गरेको हो ।
यसअघि चर्चित बनेका चलचित्र छक्का पन्जाको पुर्वपश्चिम रेल र सुर्केथैली खै जस्तो यो गित नभएको पनि कलाकार एवं निर्माता दिपकराज गिरीले बताउनुभयो । सार्वजनिक गरिएको गीत पुरै ट्राभल गीतमात्र भएको उहाँको भनाइ थियो ।
निमार्णपक्षले असोजको दोस्रो साता छक्कापन्जा प्रदर्शन गर्ने तयारी गरेको छ ।