वि.पि स्मृति दिवसका अवसरमा भक्तपुर अस्पतालमा फलफुल वितरण

534

नेपाली कांग्रेसका संस्थापक नेता एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वि पी कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस भक्तपुरले फलफुल वितरण गरेको छ ।

कांग्रेसले भक्तपुर अस्पतालमा उपचार्थ करिव ५० जना बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।

फलफुल वितरण अघि कांग्रेसले दुधपाटीमा वि पीको स्मृतिमा स्मृतिसभा आयोजना गरेको थियो ।

सो सभालाई सम्वोधन गर्दै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले वि पीले कुनै नेपाली भोका नांगा नहुन्, शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने परिकल्पना गरेको चर्चा गर्दै वि पीको सोही विचार नै समाजवाद भएको बताउनुभयो ।
उहाँले कांग्रेसले वि पी को समाजवादी सिद्धान्तलाई अंगिकार गरी अघि बढेको र त्यसैको परिणाम आज आम नेपालीको शिक्षा स्वास्थ्य जस्ता आधारभुत सेवामा पहुँच बृद्धि भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कार्य समितिका पदाधिकारीहरु, क्षेत्रीय सभापतिहरु, नगरसभापतिहरु लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।