सेटिङमा जुवा कसले गर्ने कारवाही

0
1805

भक्तपुर । सेटिङमा उपत्यका देखि काभ्रे सम्म नै जुवा तास खेलाउने गिरोह हाल सक्रिय रहेतापनि कारवाही भने कतै पनि नभएको पाईन्छ ।
उपत्यकाको विभिन्न स्थान तथा काभ्रेका विभिन्न स्थानमा विभिन्न निकायको आँखा छल्दै करोडौंको जुवा तास खेलाउने गिरोह नै सक्रिय रहंदा पनि उनीहरुलाई कारवाहीको दायरामा भने अहिले सम्म कसैले ल्याउन सकेको छैन् ।
भक्तपुरका विभिन्न स्थान ,काठमाण्डौंको दरवारमार्ग , चावहिल , गौशाला, कलंकी , बौद्य , स्वयम्वु, ललितपुरको नख्खु , कोटेश्वर , कपन, विभिन्न अपार्टमेन्टहरु,ललितपुरका विभन्न स्थानमा तथा काभ्रेका विभिन्न स्थानमा जुवा तास खेलाउने गरिएको स्रोतले जानकारी दिएको छ ।
प्रहरीले समान्य ५ रुपैंया पेइन्ट मायारिज खेल्ने हरु समातेर ल्याएको हामीले धेरै सुनेका छौं तर तल देखि माथी सम्म सेटिङमा जुवा खेलाउनेहरु भने जहिले पनि करोडौं कुम्लाएर हिड्दा पनि प्रशासनको आँखा पुग्न सकेको हामी पाउँदैनौं ।
भक्तपुरमा डिलवहादुर लामा , इन्द्र लामा , टाइसन लामा, महेन्द्र लामा र मल्ल भनिनेहरुले जुवा तास खेलाउँदै आएका छन् भने उक्त जुवा खेल्नेहरुलाई मिटर ब्याज दिदै रमेश लामा र केदार लामा ले आफ्नो अवैध कारोवार गर्दै आएको खुल्न आएको छ ।
यस्तै मुख्य गरि राजकुमार भनिने खरानी ,गंगा देवकोटा , सन्तोष श्रेष्ठ , अजय लामा , आसिश लामा(दिनेश), असोक लामा, सोम लामा , रविन तामाङ, कपन बस्ने हेमा लामा, ठुटे कुमार लामा, समिर भनिने सादुराम कठायत , राजेन्द्र लामा दावा लामा , सलाम लामा, दिपेन्द्र महत्तो, टुपी भनेर चिनिने मोहन शाई , ललितपुरको खड्गे भनेर चिनिने , सानु लामा र करुणा लगाएतका समूह जुवा तास खेलाउन सक्रिय रहेको स्रोतले जनाएको छ ।
यस्तै काभ्रेमा भने सेरे भनिने सन्तोष , रने लामा , कैलास , बनेपाका जुवामा फेमस भुक्तेल वाउन , अर्जुन लामा , भैले भनिने टिपर साउ लगाएतका समूह जुवा तास खेलाउन सक्रिय रहेको खुल्न आएको छ ।
काभ्रेमा भने मुख्य बजारहरुमा भन्दा डाँडा डाँडामा लगेर विभिन्न समुहले प्रहरी र प्रशासनको आँखा छल्दै जुवा तास खेलाउने गरिएको स्रोतले जनाएको छ ।
हाल उपत्यका लगाएत काभ्रेमा मिटर ब्याज लगाउने जुवा तास खेलाउने समूहले एकै खेलमा करोडौको खेला खेलाउने गरेका छन् ।juwa-tas
मिटर ब्याजमा पैसा लगाउने समुहमा सोम लामा , रविन तामाङ, रमेश लामा , केदार लामा च्याङवा लामा लगाएतका हाल सक्रिय रहेको स्रोतले जनाएको छ ।
प्रहरी प्रशासनको आँखा जुवामा पर्न थाले पछि केहि शसंकित भएको जुवा खेलाउने समुह हल प्रहरीको कम उपस्थिती हुने स्थान अपार्टमेन्टहरु ब्यक्तिका घर , एवं डाँडाडाँडामा रहेका रिसोर्टमा सक्रिय रहेको खुल्न आएको छ ।
नेपालमा जुवा तास खेलाउनु अवैध भएपनि प्रहरी र प्रशासनको मिलेमत्तोमा नै अवैध रुपमा खेल खेलाउने गरिएको छ । यस्ता क्रियाकलापमा स्थानिय डन लगाएत राजनीतिक ब्यक्तीहरुको साथै घुमुवा प्रहरीहरुको ठुलो हात रहने गरेको बताइन्छ ।
नेपालमा जुवा तास खेल्न क्यासिनो जान अवैध भएका कारण जुवा तास खेलाउने समूहले आफैले यस्ता खेलाडीहरुलाई अखाडा नै बनाएर खेलाउने गरेका छन् ।
मुख्य गरि कौडा नै खालाईने यि समूहहरुमा खेल्न जानेहरु कँगाल हुने तर खेलाउने भने जहिले पनि नाफामा हुने भएका कारण खेलाउने समूह हाल बढेको एक तथ्याङकले जनाएको छ । उक्त तथ्याङकका अनुसार उपत्यकामा करिव २० भन्दा बढि स्थानमा जुवा खेलाउने गरिएको छ । जुन एकै खेलमा करोडौको हुने खेलहरु हुन् । सानातिना एक सय देखि माथी प्वाईन्ट म्यारिज , कार्ड पत्ती खेलाउनेहरुको संख्या भने अनगिन्ती रहेको उक्त तथ्याङकले जनाएको छ ।
जुवा खेलाउनेले प्रहरीका माथिल्ला अधिकारी देखि तल्लो तहका सम्मलाई लाखौं रुपैंया दिने गरेका कारण उनीहरुको नै संरक्षणमा जुवा तास खेलाउने गरिएको स्रोतले जनाएकाके छ । जुवा खेलाउनेले उल्टै पुलिस पालेको हुन्छ कसले कारवाही गर्ने उनीहरुलाई नाम नखुलाउने सर्तमा जुवामा हारेका एक ब्यापारी बताउँछन् । आफूले अघिल्लो बर्ष एकै खालमा तीन करोड हारेको बताउँदै उनी भन्छन् जुवा खेलाउने ठाउँमा सवै किसिमको सुविधा हुन्छ के खाने , कस्तो खाने कुन लेवल खाने सव फ्रि हो पैसा भने पैसा पाइन्छ मिटर ब्याजका रुपमा उनी सुनाउँछन् ।
नेपालमा हाल प्रशासनिक कमजोरीलाई फाईदा उठाउँदै यस्ता गिरोहले विभिन्न स्थानमा जुवा खेलाउँदै आएपनि टुलुटुलु हेर्नूको विकल्प नभएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...