थाहा खबर: सेनामाथि बढ्दै सरकारको विश्वास

0
425
थाहा खबर: सेनामाथि बढ्दै सरकारको विश्वास

काठमाडौं : सरकारले सैन्य कूटनीतिमा जोड दिन थालेको छ। कूटनीतिक संयन्त्र कमजोर भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले सैन्य कूटनीतिमा जोड दिएका हुन्। दुई दर्जनभन्दा बढी मुलुकका सेनाले बर्सेनि नेपालमा सैन्य प्रशिक्षण लिन सैन्य कूटनीतिको महत्त्वपूर्ण पक्ष हो।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार नेपाली सेनाले विगतदेखि नै सैन्य कूटनीति र वैदेशिक सम्बन्धमा चासो देखाउँदै आएको छ। पछिल्लो समय सरकारले पनि त्यसलाई थप महत्त्व दिएको छ। ओली नेतृत्वको सरकारले सेना परिचालन प्रधानमन्त्रीले गर्न सक्ने व्यवस्थासहितको सुरक्षा परिषद् विधेयक अघि बढाएको अवस्थामा सेनामाथि सरकारको विश्वास र प्रभाव बढ्दै गएको स्पष्ट छ।

रक्षा मन्त्रालयले सेनाको कूटनीतिक शैली परिपक्व रहेको रिपोर्टिङ प्रधानमन्त्रीलाई गर्दै आएको छ। मन्त्रालयले मुलुकभित्र विदेशी सेनालाई दिँदै आएको विविध खालका प्रशिक्षणलाई कूटनीतिक पक्षकै रूपमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ।

यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सेनालाई मुलुकको सार्वभौम रक्षा, विकास निर्माण र कूटनीतिमा अब्बल दस्ता भन्दै आएका छन्। रक्षामन्त्री पोखरेलले विश्वशान्तिमार्फत सेनाले निर्वाह गरेको कूटनीतिक भूमिकाको प्रशंसा गर्दै भने, ‘सेनालाई प्रविधिमैत्री र अत्याधुनिक उपकरणले पूर्ण पार्दै अब्बल बनाउनुपर्छ। सैन्य कूटनीति र विकास निर्माणमा समेत सेना अब्बल छ।’

Source link

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...