युटुबमार्फत अश्लील कार्यक्रम सञ्‍चालन गर्ने पक्राउ

0
517
विप्लव नेतृत्वको नेकपाका चार नेता पक्राउ

युटुबमार्फत अश्लील कार्यक्रम सञ्‍चालन गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमा अमर्यादित तथा अश्लील कार्यक्रम सञ्चालन गर्ने तीन जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले युटुब च्यानलमार्फत अश्लिल सामग्री प्रसारण गर्ने फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तवार्ता दिने मोडल परी तामाङलाई मङ्गलबार कलंकीबाट पक्राउ गरेको हो । 

प्रहरीले अश्लील सामग्री युटुबमा ‘मस्ती टक टाइम’बाट प्रशारित गरी सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजिक अन्तवार्ता दिएको र कार्यक्रम सञ्चालन गरेको भन्दै पक्राउगरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई साइबर अपराधअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस

प्रतिकृया दिनुहोस

Source link

Loading...
SHARE
Previous articleआजको राशिफल / २०७५ चैत्र ०७ गते बिहीबार
Next articleपुरुष विना नै आमा बन्ने गाउँ