विप्लव नेतृत्वको नेकपाका चार नेता पक्राउ

0
398
विप्लव नेतृत्वको नेकपाका चार नेता पक्राउ

विप्लव नेतृत्वको नेकपाका चार नेता पक्राउ

जितपुर । सरकारले अराजनीतिक समूह भन्दै प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने जनाएसँगै कपिलवस्तुबाट पनि जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिएको बताए । यसरी पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहेका छन्। 

यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । यी नेताहरुलाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ । 

पछिल्लो समयमा प्रहरी प्रशासनले छापा हान्ने र पक्राउ गर्ने क्रममा तीव्र बनाएसँगै नेकपा विप्लव समूहका बाहिर चिनिएका सबै नेता खुला रुपमा देखिन छाडेका छन् । 

प्रतिकृया दिनुहोस

Source link

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...