यस्तो दुर्लभ योगका कारण आजदेखि यी राशि मालामालः राशिफल २०७६ साल वैशाख २३ गते सोमबार

0
752

काठमाडौं । आज  वि.सं.२०७६ साल वैशाख २३ गते । सोमबार । ईश्वी सन् २०१९ मे ०६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि द्वितीया,५७ घडी ०७ पला,रातको ०३ बजेर ५० मिनट उप्रान्त तृतीया । नक्षत्र कृतिका,२९ घडी ४९ पला,बेलुकी ०५ बजेर १९ मिनेट उप्रान्त रोहिणी ।

योग शोभन, ५१ घडी ५१ पला,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त अतिगण्ड । करण बावल,बेलुकी ०४ बजेर ११ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर ५० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा स्थिर योग । चन्द्रराशि बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३३ घडी १० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुँन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला गलत अर्थ लगाएर फसाउनेहरु हावि हुनेछन् । व्यापार व्यावसायमा लगानि गरेपनि आम्दानि कम हुनेछ भने कुटुम्बसँग मनमुटाब बढ्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।


बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई कमजोर रहनेछ । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ भने बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुँनेछ ध्यान दिनुहोला ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । व्यापारमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् ।


सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनिति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गर्दा साबधानि अपनाउनु होला समय मध्ययम रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने भएपकिन बाटोमा दुख हुन सक्छ ख्याल गर्नुहोला । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानि गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेकोछ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।


बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) जीवनसाथी सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने यात्रामा क्रममा मनमोहक दृष्यहरु कैद गर्न सकिनेछ । पारिवार तथा आफन्तका साथ भेटघाट हुँने तथा मिष्टान्न भोजनमा साथ दिन कटाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाफा हुँने योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्नेछ ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोकरि तथा राजनितिमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरु एक अर्कालाई बिश्वास गरि अगाडि बढ्न सक्नेछन् ।


मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउँने हुँनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धि समस्या आउँन सक्छ । उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुँनेछ भने जीवन साथिसँगको मनमुटाबले काम गर्न असहज हुँनेछ । अन्य क्रियाकलापमा ब्यास्त रहनाले पढाई लेखाईमा नतिजा अरुतिरै जानेछ ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ भने आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।


मीन (दी, दु,थ,झ,ञ,दे,दो,चा,ची) छोटो तथा रमाईलो भ्रमण गर्ने अवसर प्राप्त हुँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुन सुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।जनबोली

Loading...
SHARE
Previous articleयौनसन्तुष्टिमा पोजिसनको महत्व
Next articleआज नेपाल बन्द, ओली सरकारबिरुद्ध कसले गर्‍यो बन्द आव्हान विज्ञप्तिसहित