साप्ताहिक राशिफल असार २९ गते देखि श्रावण ४ गते सम्म

0
655

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ०
मेष राशि हुनेहरुको लागि यो साताको प्रारम्भमा आत्मबल र शिक्षामा कमि आउनेछ । तरल पदार्थको व्यापार व्यवसाय लाभदाइ रहनेछ । बुधवार बाट पति पत्नि विचको सम्वन्धमा वैरमनस्यता बढ्नेछ । साताको अन्त्यमा नसोचेको स्थााबाट आर्थिक लाभ मिल्नेछ । यो साता भगवान शाम्वत शदा शिवजीको पूजा र दर्शनले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– ३ र ७ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग :– सेतो र निलो

बृष  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो०
बृष राशि हुनेहरुको लागि यो साताको प्रारम्भमा खर्चमा बृद्धि हुनेछ । धातुसंग सम्बन्धित व्यापार व्यवसाय लाभदाइ रहनेछ । बौधिक क्षमतामा कमि आउनेछ । साताको उत्तरार्धमा लामो दुरिको यात्राको अवसर मिल्नेछ । नयाँ प्रेम प्रस्ताव राख्नको लागि उचित समय रहेकोछ । यो साता भगवति दुर्गाको मन्त्रजप र दर्शन गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– १ र ९ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग :– निलो र पँहेलो

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह०
मिथुन राशि हुनेहरुको लागि यो साता दाम्पत्य जिवनमा खटपट आउनेछ । भुमि, माटो, गिटी, वालुवासँग सम्बन्धित व्यापार व्यवसाय लाभदाइ रहनेछ । मङ्गलवार र शुक्रवार स्वास्थयमा समस्या आउनेछ । साताको उत्तरार्धमा शिक्षामा सफलता मिल्नेछ । यो साता बंगलामुखि भगवतिको पूजा र दर्शन गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– १ र ७ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग – गुलावि रातो र सेतो

कर्कट   हि, हु, हे, हो, डा, डि, डु, डे, डो०
कर्कट राशि हुनेहरुको लागि यो साताको प्रारम्भमा पारिवारिक खर्चमा बढनेछ । कपडासँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ भने स्वास्थयमा समस्या र चोटपटकले सताउनेछ । शिक्षामा रुचि घट्नेछ । साताको उत्तरार्धमा धार्मिक क्षेत्रको यात्रामा सफलता मिल्नेछ । यो साता शिवजीको पूजा र दर्शन गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– २ र ९ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग :– घुर्मैलो कालो

सिंह   मा, मि, मु, मे, मो, टा, टि, टु, टे०
सिंह राशि हुनेहरुको लागि यो साताको प्रारम्भमा अहमता र क्रोध बढनेछ । काठ र सजावटसँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ भने सवारि साधान चलाउदा विचार पु¥याउनु पर्नेछ । शिक्षा र कलाकारिता क्षेत्रबाट उचित लाभ लिन सकिनेछ । साताको उत्तरार्धमा डुब्न लागेको धन प्राप्तिको योग रहेकोछ । यो साता हनुमानको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– १ र ८ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग – निलो र सेतो

कन्या   टो, प, पि, पु, ष, ण, ठ, पे, पो०
कन्या राशि हुनेहरुको लागि यो साताको प्रारम्भमा प्रेम सम्बन्धमा निकटता नहुसक्छ । मेसिनरि वा सेरामिकसँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ । बुधवारबाट चन्द्रमाको प्रभाव प्रतिकुल नहुने भएकोले मनमा चंचलता र आत्म विस्वासमा कमि आउनेछ । साताको उत्तरार्धमा पारिवारिक व्यत्तिको स्वास्थय बिग्रिनेछ । यो साता गणेशको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– २ र ६ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग :– पँहेलो र सेतो

तुला  र, रि, रु, रे, रो, ता, ति, तु, ते०
तुला राशि हुनेहरुको लागि यो साता अध्यन अध्यापन क्षेत्र बाटलाभ लिन गारो पर्नेछ भने वकालत कलाकारिता क्षेत्रका व्यत्तिको लागि उत्तम रहनेछ । दिदि वहिनि सँगको मनमुटाव वढ्नेछ । बुधवार बाट नयाँ रोजगारिको अवसर मिल्नेछ । साताको उत्तरार्धमा आर्थिक लाभ मध्यम किसिमको रहनेछ । यो साता कुवेरको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– २ र ९ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग :– निलो र रातो

बृश्चिक  तो, ना, नि, नु, ने, नो, या, यि, यु०
बृश्चिक राशि हुनेहरुको लागि यो साताको प्रारम्भमा खर्चमा बृद्धि हुनेछ । खाद्यान्न वा हरियो साग सब्जिसँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ । बुधवारबाट स्वास्थ्यमा समस्या आउनेछ भने शिक्षामा रुचि घट्नेछ । प्रेमि प्रेमिका विचको सम्बन्धमा मनमुटाव वढ्नेछ । यो साता विष्णु भगवानको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– ४ र ९ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग :– गुलावि रातो

धनु   ये, यो, भ, भि, भु, ध, फा, ढ, भे०
धनु राशि हुने व्यत्तिहरुको लागि यो साता सरकार वा राज्य पक्षबाट दण्ड जरिवाना हुन सक्नेछ । फलाम वा निर्माण सामाग्रीसँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ । दाजु भाइ विचको सम्बन्धमा मनमुटाव वढ्नेछ । साताको उत्तरार्धमा साथि भाइको साथ र सहयोगले कर्म क्षेत्रमा सफलता मिल्नेृछ । यो साता सरस्वतिको दर्शन र पूजा गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– १ र ६ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग :– सेता र रातो मिश्रित

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि०
मकर राशि हुने व्यत्तिहरुको लागि यो साता लामो दुरिको रमणिय यात्रा हुन सक्नेछ । सोमबार र विहिबार स्वास्थयमा समस्या आउनेछ । सवारि साधनको व्यापार व्यवसाय उत्तम रहनेछ । पति पत्नि विचको सम्बन्ध सुमधुर वन्दै जानेछ । साताको उत्तरार्धमा नयाँ कामको जिम्वेवारि बहन गर्नुपर्नेछ । यो साता बुध ग्रहको जप गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क :– ५ र ९ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग :– कालो र गुलावि

कुम्भ   गु, गे, गो, सा, सि, सु, से, सो, द०
कुम्भ राशि हुने व्यत्तिहरुको लागि यो साता आर्थिक समस्याले सताउनेछ भने स्वास्थयमा चोटपटकको भए रहनेछ । बुधवारबाट कर्म क्षेत्रमा सफलता मिलेता पनि पारिवारिक समस्याले सताउनेछ । साँगितिक क्षेत्रको व्यापार व्यवसाय उत्तम रहनेछ । साताको उत्तरार्धमा साथि भाइको सहयोगले रोकिएको कामहरु बन्नेछ । । यो साता शनि ग्रहको जप गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क – १ र ७ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग – रातो सेतो बुट्टे

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि०
मीन राशि हुने व्यत्तिहरुको लागि यो साताको प्रारम्भमा पारिवारिक समस्याले सताउनेछ भने अध्यन अध्यापन क्षेत्रमा सफलता मिल्नेछ । काठ र सजावटसँग सम्बन्धित व्यापार व्यवसाय उत्तम रहनेछ । बुधवारबाट आत्म विस्वासमा कमि आउनेछ । यो साता लक्ष्मिको पूजा गर्नाले शुभफल मिल्नेछ ।
यो साताको लागि शुभ अङ्क – ५ र ९ शुभ रहेकोछ ।
यो साताको लागि शुभ रङ्ग – गुलावि र सेतो

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...