एनआरएन फ्रान्सको सह कोषाध्यक्षमा विना न्यौपाने

0
227

फ्रान्स । एनआरएन फ्रान्सको सह कोषाध्यक्षमा विना न्यौपानेले उम्मेद्वारी दिनुभएको छ ।
आगामी अगस्ट १८ मा सम्पन्न हुन गईरहेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आठौं राष्ट्रिय महाधिवेशनमा नेतृ न्यौपानेले सह कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको हो ।
लामो समय देखि फ्रान्समा रहदै आउनु भएकी उहाँ आगामी ३ वर्षको लागि नेतृत्व लिन उम्मेदवार बन्नु भएको हो । न्यौपानेले एनआरएन फ्रान्सको आगामी २०१९ देखि २०२१ को लागी निर्वाचनमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

पद्यम कन्या क्याम्पसमा स्ववियु सदस्य रही सक्नु भएकी नेतृ न्यौपाने विभिन्न समाजसेवामा पनि सक्रिय रहँदै आउनुभएकी छ ।
यसका साथै उहाँले यूएनडीपीमा इन्टरभाईजरको रुपमा रही झापा मोरङ,सुनसरीमा सामाजिक क्षेत्रमा लामो समयसम्म क्रियासिल रहनु भयो । त्यस लगतै फ्रान्स प्रवेस गरेता पनि उहाँका सामाजिक क्षेत्रका कामहरुले कहिलै विश्राम लिएनन् नेपालमा आउने हरेक विपत्ती,समस्या पिडामा परेका व्यक्तिहरुलाई सहयोगी हात फैलाउने क्रममा उहाँको योग्दान सँधै अग्र पंक्तिमा रहिरयो ।

अहिले पनि नेपालका विभिन्न जिल्लामा आर्थिक अवस्था कम्जोर भएका गरिब अपागं टुहुरा बालबालिकाहरुले उहाँको व्यक्तिगत सहयोगमा शिक्षा लिईरहेका छन् । भने उहाँले विभिन्न ठुला रोगबाट ग्रसित व्यक्तिहरुलाई आर्थिक सहयोग पनि गरिरहनु भएको छ ।

न्यौपानेका अनुसार एनआरएनए फ्रान्सलाई सबैको साझा र विश्वाशिलो थलो र अपनत्व हुने संस्थाको रुपमा विकास गर्न पहल गर्नुका साथै ,महिला सदस्यहरुको आवद्धतालाई जोडदिने,संस्थाको आर्थिक पार्दशिताको निम्ती पहल गर्ने त्यसको निम्ती नेतृत्वलाई निरन्तर खबरदारी गरिरहने,नेपालबाट आउने विद्यार्थी लगाएत सम्पुर्णलाई जुन सुकै सहयोग गर्न होस वा ,फ्रान्समा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई परेको बेलामा साथ सहयोग गर्नमा त्यसमानेमा आफु कुनै दिन पनि पछि नपर्ने साथै एनआरएनएको आफ्नै भवन निर्माणमा पहल गर्ने जस्ता महत्वपुर्ण योजनाहरु आफुसँग रहेको उहाँले बताउनु भयो ।
उक्त पदका लागि विभिन्न दावादेर रहेपनि उहाँ उक्त पदका लागि उपयुक्त उम्मेदवार रहनुभएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...