‘देशभरिका विद्यार्थीहरु भक्तपुर आएर पढ्ने ट्रेण्डको विकास भएको छ ’

0
760

हरिसुन्दर छुकाँ

१. तपाईँको परिचय ?
म राजेन्द्र कोजू । मेरो जन्म २०३५ साल असार १० गते भक्तपूर न.पा. वडा नं १ तौलाछेंमा भएको हो । विगत २२ वर्ष देखि शिक्षण पेशामा आवद्ध छु । २०६० साल देखि विद्यालय संचालन एवं व्यवस्थापनमा सक्रिय छु । २०३८ सालबाट शुरु भएको मेरो अध्ययनको यात्रा अस्ति भर्खरै सकिएको छ । हाल सम्म २ विषयमा स्नाकोत्तर र राजनीति शास्त्रमा पि.एच.डी. अध्ययन पूरा गरेको छु । यतिखेर म आफ्नै लगानी र व्यवस्थापनमा संचालित रोम्वस सेकेण्डरी स्कूलको प्रिन्सिपलको रुपमा कार्यरत छु । २०७६ साल श्रावण १८ गते युनिर्भसिटीमा आवद्ध रोम्वस नेशनल कलेजको पनि शुभारम्भ गरेको छु ।

२. ज्ञान, विज्ञानको र शिक्षाको गन्तव्यको रुपमा चिनिएको भक्तपुरमा नयाँ कलेज किन सञ्चालन गर्नुभयो ?
यो नारालाई बलियो र दरिलो बनाउन नै रोम्वस खालिएको हो । भक्तपुर शिक्षाको केन्द्र बन्नुपर्छ, शिक्षाको लागि भक्तपूर आशा र भरोशाको केन्द्र बन्नुपर्छ भन्ने अभियानको शिलशिला हो रोम्वस नेशनल कलेज । ज्ञानको व्यवहारिक र प्रयोगात्मक रुप विज्ञान हो । हाम्रो कलेजमा स्नातक तह बीबीएस र बीएसडब्ल्यु अध्ययन गराइन्छ । तर हामी विशेषतायुक्त र आकर्षक बनाउँछौँ । हाम्रो शिक्षा सिकाईका लागि, विकाईका लागि र जीवन टिकाईका लागि हुनेछ ।

३. यो कलेजको परिचय कसरी दिनुहुन्छ ?
रोम्वस नेशनल कलेज स्नातक तहको बबिीएस र बीएसडब्ल्यु अध्ययन गर्न अनुमति प्राप्त कलेज हो । त्रिभुवन विश्व विद्यालयबाट कस्मोपोलिटन कलेजको नाममा अनुमति प्राप्त कलेजको परिवर्तित नाम रोम्वस नेशनल कलेज हो । रोम्वस सेकेण्डरी स्कूलको जगमा र विदेशी प्राध्यापक समेतको लगानीमा प्राज्ञ–विज्ञहरुको प्रवद्धनमा संचालन हुनेछ । डा. राजेन्द्र कोजू र प्रा. डा. प्याट्रिस मोल्टनको लगानी एवं व्यवस्थापनमा यो कलेज अगाडि बढ्नेछ । रोम्वसले नवजवान युवाहरुको चाहना र इच्छालाई मुखरित रहने गरी पठन–पाठन गर्नेछ । सीपयुक्त, प्रविधियुक्त र रोजगारमूलक (विधि, कला, र सीप सहितको शिक्षा प्रदान गर्दै जीवन जिउन सक्ने विद्यार्थी उत्पादन गर्नेछ ।

४. भक्तपुर जस्तो ठाउँमा कलेज संचालन गर्नुभएको छ, के सञ्चालन सहज छ ?
भक्तपुरमा कलेज संचालन गर्न असहज हुनुपर्ने कारण छैन । यहाँ बन्द हुँदैन, हड्ताल हुँदैन । यहाँ ट्राफिक जाम हुँदैन भक्तपुरका शिक्षा सस्तो छ र सहज छ । त्यसकारण देशभरिका विद्यार्थीहरु भक्तपूर पढ्न आउने टे«ण्डको विकास भएको छ । त्यसकारण भक्तपुरमा विद्यार्थीको कमी हुनेछैन । रोम्वस नेशनल कलेजको शुल्क महंगो हुनेछैन । किनकी यो नाफामूखी हुनेछैन । व्यापारीहरुले खोलेको पनि होइन । भक्तपुरमा लामो समयदेखि शिक्षण पेशामा आवद्व एकजना शिक्षाकर्मी र अमेरिकामा जन्मेर नेपाली महिलाहरुको शशक्तिकरणका लागि कर्म गर्ने एकजना प्राध्यापकको संयुक्त प्रयासबाट खालिएको हो । हाम्रो अनुभव र अनुुभूति र खासगरि शैक्षिक रुपान्तरणका लागि अभ्यास गर्ने एउटा ल्याव र उद्यमशिल जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्ने छौँ ।
५. प्लस टु सकिएपछि धेरै विद्यार्थीहरु विदेश जान लालायित छन् । तिनीहरुलाई नेपालमै राम्रो शिक्षा दिन कस्तो भूमिका खेल्छ ?
यो नेपाली युवा विद्यार्थीहरुको ट्रेण्ड हो । तिनीहरु नेपालमा राम्रो शिक्षा नभएर गएका होइनन् । हरेक देशको शिक्षाका आ–आफ्नै मेरिट्स र डाइमेन्सन्स् हुन्छन् । संसारभरको सबै देशको शिक्षा एउटै प्रकारको हुनुपनि हुँदैन । जसरी फरकफरक चुल्होमा पाक्ने परिकारको स्वाद फरकफरक हुने गर्छन्, त्यसरी नै विभिन्न देशको विभिन्न शिक्षाका विशेषता फरक हुनुपर्छ । हाम्रो कलेजको व्यवस्थापन समितिको ऋयmउयकष्तष्यल नै विदेशी लगानीकर्ता सहितको, विदेशी प्राध्यापक सहितको भएकोले हाम्रो कलेजले त्चबलकलबतष्यलब िभ्मगअबतष्यल दिनेछ । साथै विदेश जान चाहने विद्यार्थीका लागि अध्ययनको दौरानमा र अध्ययनपछि आवश्यक शीप, दक्षता र क्षमतम दिई क्ष्लतभचलबतष्यलब िऋयललभअतष्खष्तथ मा सहयोग गर्नेछ । शैक्षिक प्रमाणपत्रको अतिरिक्त सीपमूलक र रोजगारमूलक तालिम दिई आत्म निर्भर बनाईनेछ । तव रहरले जाने वाहेक बाध्यताले जाने संख्या कम हुनेछ ।

६. रोम्वसमा पढेका विद्यार्थी भोलि के हुनेछन् ?
प्रतिस्पर्धी बन्नेछन् । श्रम बजारमा विक्ने बन्नेछन् । जीवनमा सफल बन्नेछन् । सजिलै रोजगारी पाउनेछन् । रोजगार र रोजगारका लागि कलेज स्वयंले सीप, दक्षता, क्षमता अभिवृद्धि गर्न तालिमको व्यवस्था गरिनेछ ।

७. यसमा कस्ता खालका शिक्षकबाट अध्यापन हुन्छ ?
जरुर पनि रोम्वस नयाँ कलेज हो । तर यसमा अध्यापन गर्ने शिक्षकहरु अनुभवी छन् । साथै युवा मनोविज्ञानलाई सही रुपमा निर्देशन गर्न सक्ने खालका परामर्शदाताहरु समेतको लगानिमा खोलिएको हुनाले सही ढङ्गले दिशा निर्देश गर्न सक्ने छौँ । प्रा.डा. प्याट्रिस मोल्टन स्यंम अमेरिकाका चर्चित शिक्षाविद् एवं परामर्शदाता हुनुहुन्छ । हाम्रा ँबअगतिथ ःझदभचक वविता गुरुङ्ग र सावित्री शर्मा यही विषयका शिक्षक हुन् । त्यसकारण पढाउने, घोकाउने र परीक्षा उर्तीण गराउने मात्र नभई जीवनको बुझाई र वास्तविकतालाई समेत बुझाउन रोम्वसले प्रयत्न गर्नेछ । रोम्वसले अमेरिका, वंगालादेश, भारत र अल्जेरियाका विश्वविद्यालय र कलेजसंग सहसम्बन्ध कायम छ ।

८. अरु कलेज र रोम्वसमा के फरक छ ?
भक्तपुरमा सबै कलेज राम्रा छन् । रोम्वस आफ्नो हिसाबले राम्रो हुनेछ । यो शुभारम्भको वर्षमा मिहिनेती विद्यार्थी र अथक रुपमा कमजोर रहेका विद्यार्थीलाई मासिक शुल्क १००५ सम्म छुट दिइनेछ । विभिन्न विद्यालय र कलेजद्वारा सिफारिस गरिएकालाई छात्रवृत्ति दिई पठाउने छौँ । तर शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्ने छैनौँ । यो वर्ष पढ्ने विद्यार्थीहरु आफै अर्को वर्षका लागि उदाहारण र विज्ञापन बन्नेछन् । पढाई र सिकाईलाई व्यवहारमा आफ्नो व्यवसायमा, आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्ने ढङ्गले पढाउने हाम्रो योजना हो । प्रत्यक विद्यार्थीलाई रुचि अनुसार एउटा अतिरिक्त सीप दिएर रोजगार प्रतिस्पर्धा र्गा सक्ने बनाउन अर्को एउटा कलेज संग सम्झौता गरेका छौँ ।

९. पछिल्लो समयमा नाफाको उद्देश्य राखी शिक्षामा लगानी गर्ने प्रवृत्ति बढेको छ, कलेज खाल्नुको उद्देश्य यो पनि हो की ?
रोम्वस नाफाको लागि खालिएको कलेज होइन । शिक्षामा रुपान्तरणको एउटा मोडल प्रवर्तन गर्न खोलिएको हो ।

१०. कलेजमा पढ्न थोरै खर्चले पुग्दैन, खर्च कम भएका विद्यार्थीले यो कलेजमा पढ्न पाउँछन् त ?
रोम्वसले आवश्यकताका आधारमा छुट फ्रिशीप र छात्रवृत्तिको व्इवस्था गर्नेछ । प्रत्यक जिल्ला, वडा र नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधीहरुले सिफरिस गरिएका विद्यार्थीका लागि फ्रिशीपको व्यवस्था गरिनेछ ।

११. खास यो कलेजका विशेषता के के हुन् ?
रोम्वसले शिक्षाको Common Trend लाई ब्रेक गर्नेछ । रुपान्तरणको व्यापक अभ्यास गर्नेछ । विभिन्न देशका युनिभर्सिटी र कलेजसंग सहकार्य गर्नेछ । रोजगारका लागि योग्य र प्रतिस्पर्धी विद्यार्थी तयार गर्नेछ । हरेक विद्यार्थीलाई विविध सीप सिकाई स्वरोजगार बन्न प्रयत्न गर्नेछ । शैक्षिक प्रमाणपत्रका साथै सीपमूलक प्रमाणपत्र पनि प्राप्त गरी जानेछन् । हरिसुन्दर छुकाँ

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...