रन्जीब श्रेष्ठको अध्यक्षतामा धुलिखेलमा सामुदायिक विद्यालय ब्यवस्थापन महासंघ

0
204

काभ्रे । सामुदायिक विद्यालय ब्यवस्थापन महासंघ नेपालको धुलिखेल नगर स्तरिय कमिटि गठन भएको छ । रन्जीब श्रेष्ठको अध्यक्षतामा १५ सदस्य नगर कमिटि निर्माण भएको हो ।
सामुदायिक विद्यालय ब्यवस्थापन महासंघ नेपाल प्रदेश नम्वर ३ का सचिब संगम लामाको उपस्थितिमा उक्त कमिटि निर्माण भएको हो । नगर भित्र रहेका सामुदायिक विद्यालयका ब्यवस्थापन समिति सदस्यहरुको भेलाबाट उक्त समिति निर्माण भएको हो ।
भेलामा महासंघ प्रदेश नम्वर ३ का सचिव संगम लामाले सामुदायिक विद्याय सुधार नभएसम्म सरकारले लिएको समृद्द नेपाल सुखी नेपालीको अवधारणा पनि पुरा नहुने बताउनुभएको थियो । उहाँले सामुदायिक विद्यालय सुधारका विभिन्न कार्यक्रम महासंघले गर्दै आएको जानकारी दिदै सामुदायिक विद्यालय सुधारका लागि सवै एक जुट भएर लाग्नु पर्ने बताउनुभएको थियो ।
नगर स्तरिय भेलाबाट अध्यक्षमा रन्जीब श्रेष्ठ चयन हुनु भएको थियो भने उपाध्यक्षमा गोविन्द उपाध्याय , सचिवमा सोनाम तामाङ,कोषाध्यक्षमा रामकृष्ण चौलागाई , सदस्यहरुमा बद्रि प्रसाद वडाल , उद्दव कोइराला,कृष्ण प्रसाद शर्मा,यादव प्रसाद गौतम,मान नाथ हुमगाई,राकेश तामाङ,इन्दिरा थापा तामाङ,सुसिला पौड्याल,प्रमोद सुन्दर श्रेष्ठ,रविन्द्र न्यौपाने र बाबुराम धिताल रहनुभएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...