हरि गुरुका अधुरा सपना पुरा गर्न तत्पर रहने छु : श्रेष्ठ

0
2082
ram badhur shrestha

भक्तपुर । नेकपा भक्तपुरमा अग्रज नेतामा पर्नुहुन्छ राम बहादुर श्रेष्ठ । २०३६ सालको विद्यार्थी आन्दोलन देखि कम्युनिष्ठ विचार धारामा लाग्नु भएका नेता श्रेष्ठले एमपीए सम्मको अध्ययन गर्नुभएको छ । तात्कालिन नेकपा एमालेको पार्टी उपाध्यक्ष सम्म समाली सक्नु भएका श्रेष्ठ मदन भण्डारी फाउण्डेशन भक्तपुरका सचिव एवं प्रदेश तीनका सचिवालय सदस्य समेत हुनु हुन्छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ तात्कालिन झौखेल गाविसमा जन्मनु भएका उहाँले भक्तपुरलाई नै आफ्नो कर्म थलो बनाउँदै राजनीति गर्दै आउनु भएको छ ।
९औं महाधिवेशनका महाधिवेशन प्रतिनिधि सम्म भई सक्नु भएका उहाँ हाल भक्तपुर क्षेत्र नम्वर १ क मा हुन लागेको उपनिर्वाचनका प्रमुख दावेदार सम्म हुनु हुन्छ । उहाँ सँग संवाहकले गरेको छोटो कुराकानी ।

उपनिर्वाचनमा यहाँको उम्मेदवारीको हल्ला छ नी ?
नेकपाका हरेक सदस्य उम्मेदवारीका लागि योग्य हुनुहुन्छ । यसमा मेरो नाम पनि आउनु ठुलो कुरा भने हैन । हाल मैले पार्टीमा समाली रहेको जिम्मेवारीका आधारमा मेरो नाम आएको जस्तो लाग्छ मलाई तर पार्टीले जिम्मेवारी दिएका खण्डमा हरी गुरुका अधुरा सपना म पुरा गर्ने छु ।

ram badhur shrestha आगामी निर्वाचनमा तपाईंले नै उम्मेदवारी पाउनु भएका खण्डमा के के गर्नुहुने छ ?
मुलभुत कुरा त हाम्रो प्रदेशमा निर्वाचित हुनुभएका आदरणिय हरी गुरु मेरा मित्र उहाँको देहावसानले हामी सबैमा मर्माहित बनाएको छ । साथै उहाँको अनुपस्थितिमा हाम्रो क्षेत्रको कुरा प्रदेश सरकार सम्म पुग्न सकेको छैन । समानुपातिक उम्मेदवार सरस्वती बाटी मार्फत साथै शसिजंग थापा लगाएत प्रतिमा श्रेष्ठ लागएतका नेताहरुबाट हाम्रा माग प्रदेश सम्म त पुगेका छन् तथापी यो पर्याप्त हैन । हाम्रा माग प्रदेश सरकार सम्म पुञ्याउनु नै पहिलो जिम्मेवारी हो साथै हरी गुरुका अधुरा सपनाहरु पुरा गर्नु पनि दाहित्व हो त्यसमा नै जुट्ने छु ।

प्रदेश राजधानीको विषयमा हाल सम्म टुंगो लागेको छैन यसका सम्वन्धमा तपाईको कदम कस्तो रहने छ ?
प्रदेश नामाकरण छिटो भन्दा छिटो हुँदै राजधानी भक्तपुरमा नै हुनु पर्दछ भन्ने मेरो धारणा हो र यसको लागी जहाँ जसरी भएपनि लड्ने नै छु । साथै प्रदेशको नामाकरणको सवालमा पनि ठुलै विवाद रहेको छ यसको सवालमा पनि हाम्रो क्षेत्रबाट प्रदेश सरकार सम्म

हाम्रो क्षेत्रमा विकासका कस्ता सम्भाब्यता देख्नु भएको छ ?
चाँगुनारयण क्षेत्र अर्थात भक्तपुर क्षेत्र नम्वर १ क आफैमा पनि कोलम्वसले अमेरिका पत्ता लगाउनुभन्दा पहिला नै निर्माण भएको नेपालको पहिलो विश्व सम्पदा क्षेत्रका रुपमा घोषित चाँगुनारायण मन्दिरको प्रचार प्रसारमा अझ जोड दिन सके धार्मिक एवं वाह्य पर्यटनको सम्भावना रहेको छ । नगरकोट, त्रिसुल डाँडा कलमसी , ताथलिको चट्टान अभिलेख, सुडालको विभिन्न मठ मन्दिर एवं सुडाल झौखेल, दुवाकोट, नगरकोट,चाँगुमा भएका पुराना बस्तीका अवशेस आदिको विषयमा खोज अनुसन्धान गर्ने र प्रचार प्रसारमा जोड दिन सके पर्यटनको हव हुन् सक्छ ।
स्वास्थ्यमा विकासका लागि हाम्रो नै क्षेत्रमा बन्न लागेको न्याम्सको सूरु हुन् नसकेको कालाई जोड दिन सके स्वास्थ्यमा पनि ठुलो फड्को मार्न सकिन्थ्यो , चाँगुमा निर्माणाधिन अस्पताल सम्पन्न गराउनु मेरो मुख्य उद्देश्य रहने छ ।

तपाईको धारणामा यस क्षेत्रको विकास गर्न के गर्नु पर्दछ ?
सबै भन्दा पहिला त सामुदायिक विद्यालयको सुधार गर्नु पर्दछ । ठुलो संख्यामा किसानको आवाधी भएको क्षेत्र हो आधुनिक कृषि प्रणालीको विकासमा जोड दिदै आधुनिक प्रणालिमा खेती गर्न किसानलाई प्रोत्साहन गर्नु पर्दछ । तरकारी , अण्डा, मासु एवं दुधमा आत्म निर्भर बनाउन विभिन्न कार्यक्रमहरु लागु गर्दै किसानलाई सहुलियत ऋण विमाको ब्यवस्था साथै प्राविधिक सहयाता दिनु पर्दछ ।
यहाँ खानेपानी र सिँचाईको अभाव छ । कुलो नहर एवं पानी जम्मा गर्ने ड्यामहरुको निर्माण गर्दै खानेपानी र सिँचाईको समस्या समाधान गर्न सके यस क्षेत्रको विकास दिन गुणा रात चौगुना बढने छ । हाल विद्यमान वेरोजगार समस्या समाधानमा पनि यसले पनि ठुलो मद्दत गर्ने छ ।

अन्तमा तपाई केहि भन्न चहानुहुन्छ ?
हामी दुई पार्टी एक भएर जनताको सेवामा जुटेका छौं । हामीले हरी गुरुले देख्नु भएको समृद्द चाँगु प्रदेशको परिकल्पनालाई पुरा गर्न पनि सबै एक जुट भएर लाग्नु पर्ने दिन आएको छ । उहाँको सपना पुरा गर्ने जिम्मेवारी मलाई दिएका खण्डमा म उक्त जिम्मेवारी पुरा गर्ने प्रतिवद्दता समेत म गर्न चहान्छु ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...