तामाङ सेलो मनले खाने च्याङ्बा बजारमा

0
89

संगम लामा
काठमाडौं । तामाङ सेलो मनले खाने च्याङ्बा बजारमा आएको छ । डम्फु मिडियाको ब्यानरमा निर्माण भएको तामाङ सेलो मनले खाने च्याङ्बा सार्बजनिक भएको छ । तामाङ समाज युएईको बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तामाङ समुदायका चर्चित गायक गायिका कलाकार तथा पत्रकारहरुको उल्लेख्य उपस्थितीमा उक्त गीत सार्वजनिक भएको हो ।

सार्बजनिक सेलोमा शुस्मा मोक्तान र अमिर दोङको जोडिलाई प्रमुख भुमिकामा प्रस्तुत गरिएको छ ।

सार्बजनिक सेलोमा नब गायिका मितेरी वाइबाको आवाज तथा तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाइबाको शब्द तथा सङ्गीत रहेको छ । फनिन्द्र राईको एरेन्ज रहेको गीतमा अमिर दोङको निर्देशन रहेको छ । सार्वजनिक सेलो म्युजिक भिडियोलाई बिक्रम लामा मोक्तानले छायांकन तथा सम्पादन गर्नु भएको हो। भिडियोमा अमिर दोङ, शुष्मा मोक्तान, अनिता नेगि, अन्जुली लोपच्न, पदम दोङ, कुइसाङ रुम्बा र दोर्जे मोक्तानको भुमिका देख्न सकिन्छ ।
डम्फु मिडियाको युट्युव च्यानलबाट उक्त गीत बजारमा ल्याईको छ ।
विभिन्न स्थानको मनोरम दृष्यका साथ युगल जोडिको रोमान्समा आधारित भएर निर्माण गरिएको भिडियो निकै नै आर्कशक रहेको छ ।

कार्यक्रममा हालै सम्पन्न तामाङ कलाकार संघको अधिवेशनबाट नब निर्वाचित नेपाल तामाङ कलाकार संघका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।


https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...