जिरो इमिसन दिवस मनाइयो

0
159

भक्तपुर । सेप्टेम्बर २१ अर्थात् अन्तर्राष्ट्रिय जिरो इमिसन दिवस (प्रदूषण न्यूनीकरण) को अवसरमा इनिसियटिभ रिसर्च ग्रुप आइ.आर.जी. को आयोजनामा वातावरण मैत्री सवारी ¥याली (साइकल तथा विद्युतीय सवारी ¥याली) सम्पन्न गरिएको छ ।
सो ¥यालीको मुख्य उद्देश्य वातावरणीय प्रदूषण तथा यसको न्यूनीकरण बारे जनचेतना जगाउनु रहेको छ । आइ.पी.सी.सी. (Intergovernmental Panel on Climate Change)का अनुसार पृथ्वीको तापक्रम औद्योगिकरण पूर्वको तापक्रम भन्दा १.५० सेन्टिग्रेडले वृद्धि भइसकेको छ । यसको मुख्य कारण तीव्र रुपमा जैविक इन्धन  (Fossil Fuel)को प्रयोग एक हो ।
यातायातको लागि अधिकतम रुपमा जैविक इन्धन प्रयोग हुने हुँदा यसको असर वातावरण प्रदुषण मात्र नभई आर्थिक भार र प्राकृतिक प्रकोपलाई पनि निम्त्याउने खतरा रहेको हुँदा यस्तो सवारीसाधनको विकल्पको रुपमा साइकल र विद्युतीय सवारी साधन प्रयोगमा ल्याउन अपरिहार्य भइसकेको छ ।
इनिसियटिभ रिसर्च ग्रुपले जलवायु परिवर्तन सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

तस्बीर आयुष दुमरु

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...