दत्तात्रय आधारभूत विद्यालयमा क्षयरोगको प्रशिक्षण

0
63

भक्तपुर । विद्यालयका अभिभावक र विद्यार्थीहरुलाई अक्षित गरी क्षयरोग सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ ।

नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको आयोजनामा भएको उक्त प्रशिक्षण कार्यक्रममा क्षयरोग संस्थाका प्रशिक्षक हिरण्यप्रताप सांगामीले क्षयरोगका सम्बन्धी प्रकाश पार्दै क्षयरोगका लक्ष्यण, क्षयरोगबाट बच्ने उपाय र रोकथाम बारे प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा क्षयरोग संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले नेपाल क्षयरोग निवारण संस्थाको यसवर्षको लक्ष्य नै भक्तपुर जिल्ला लुकेर रहेको क्षयरोगी विरामी खोजपताल गरी निको पार्ने रहेकोले सबैले सहयोग गर्न आग्रह गर्नुभयो र क्षयरोग एउटा जटिल मोडमा गइरहेकोले चिन्ता व्यक्त गर्दै हामी सबै मिलेर क्षयरोगलाई नियन्त्रण गर्नु पर्ने बेला आएको छ भनुभयो ।

नेपालमा अझै पनि १२ हजारदेखि १५ हजारसम्म क्षयरोगीका विरामी हराइरहेको अवस्थामा त्यसको असर भक्तपुरमा पनि पर्न सक्ने भएकोले समयमै सचेत भई लुकिरहेका विरामीहरु खोजी खोजी पत्ता लगाई उपचारमा ल्याउन विद्यालयदेखि जनसमुदायसम्म जनचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले निःशुल्क उपचार रह“दा रह“दै पनि क्षयरोग नियन्त्रणमा समस्या देखा परेको छ । त्यसलाई निदान गर्न पनि हामी सबै मिलेर लाग्नु पर्छ भनुभयो ।
विद्यालयका शिक्षक योगी स्यस्यले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रममा अभिभावक र विद्यार्थीहरु ३० जना सहभागी रहेका थिए ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...