बनेपा महोत्सब आज देखी सुरु १६ गते सम्म चल्ने

0
73

बनेपा – काभ्रेको व्यापारीक नगरको उग्रेश्वर मन्दिरको प्राङ्गणमा बनेपा महोत्सब-२०७६ आजदेखी सुरु भएको छ ।

‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ विजया दशमीको पावन अवसरमा आयोजना हुने तेस्रो व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०७६’ गर्न लागिएको बनेपा ब्वाइज क्लबलेका अध्यक्ष महेश कुमार कर्मचार्यले जानकारी दिए ।

जिल्लामा भएको कार्यक्रमको शान बढाउनका लागी प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालको सहभागी रहेको थियो । प्रमुख अतिथिका रुपमा रहेकी कोइरालाले भनीन् समग्र देशमा बालक तथा वालिका माथी भैरहेको घरेलु तथा योन हिंसा बाट जोगिनको लागीे निशुल्क शिक्षा हुनु पर्नेमा जोड दिएकी थिइन् । उनले “महिलाहरुको हक हितका लागी महिलाहरुलाई दक्ष र सिपमुलक तालीम तथा शिक्षा दिनु पर्ने” बताइन् ।

 

प्रदेश ३ मा अहिले हामीले प्रत्यक विद्यालयहरुमा काउन्सिलका लागी नर्सहरुको व्यवस्थापन प्रदेश सरकारले गरेको बताइन् । देशका दक्ष युवाहरु विदेश जान्छन तर देशमा भने श्रम गर्न मन्दैन, देशका युवाहरुको लागी अब देशमै रोजगारीको व्यवस्थापन गर्ने अहिलेको सरकारले लक्ष्य लिएको उनले बताइन् ।

उक्त मेलामा कृषि, घरेलु सामग्री लगायत एक सय चौबिस भन्दा बढी व्यापारिक कक्ष रहेको छ । साथै बालबालिकालाई मनोरञ्जनका लागि बालउद्यान र हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । दशैको अबसरमा हुने यस महोत्वसबमा जिल्ला तथा आसपासका जिल्लाबाट सहभागी हुने भएका छन् । व्यापारलाई केन्द्रित गरेर गरीएको यस महोत्वसबमा मानव अत्यावश्यक सामाग्रीहरु राखिएको छ ।

उक्त कार्यक्रममा काभ्रे जिल्ला प्रशासन कार्यलयका प्रमुख श्रवण कुमार तिमल्सिना, काभ्रे जिल्ला प्रहरी प्रमुख जयराज सापकोटा, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण वैध, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, यतायात व्यवसायीहरु, राजनितिज्ञहरु तथा निर्वाचित जनप्रतिनिधि लगाएतको सहभागीता रहेको थियो । आज देखि सुरु भएको महोत्वसब असोज १६ गते सम्म चलने छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...