११ को परीक्षाफल भोली

0
69

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परिक्षाफल मंगलबार निकल्ने भएको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज अन्तिम ट्याली गरिरहेका छौ भोली दिउसो परीक्षाफल प्रकाशित गर्नेछौ । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।’

यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।

अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...