अमर बान्तुकाे एकल कविता बाचन सम्पन्न

0
68

काठमाडौं । गीतकार एवं कवि अमर बान्तुको एकल कविता बाचन सम्पन्न भएको छ । स्मार्ट माइक्रो रिसर्चको आयोजनामा भएको बान्तुको एकल कविता बाचन काठमाडौंमा सम्पन्न भएको हो ।
एकल कविता बाचनमा कवि बान्तुले माया प्रेम लगाएत देशमा विद्यमान समस्याका विषयमा कविता बाचन गरेका थिए ।
पहिलो कविता बाचनमा उनले नारीका बेदना र श्रृगारिक कवितहरूको बाचन गरेका थिए । उनले गद्यात्मक शैलिका कविता बाचन गरेका थिए ।
हाल विभिन्न कारणले एकल कविता बाचनमा आएको कमिलाई मध्यनजर गर्दै साहित्य उत्थानका लागि एकल कविता बाचन गरेको आयोजकले बताएका छन् ।
बाचनमा उनले आफैले श्रृजना गरेका सात कविता बाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार एसपी कोइराल, विप्लप ढकाल,श्रवण मुकारु लगायतका साहित्यकारहरूले उनको कविताको समिक्षा गरेका थिए ।
बाक्लो साहित्यप्रेमीहरुको उपस्थितिमा कवि बान्तुले आफुले आफ्ना साहित्य कण्ठस्थ सुनाएका थिए ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...