नुवाकोटमा जारी फुटबलमा पहिलो दिन बगैचा,न्यू स्टार र खरानिटार विजयी

0
229

नुवाकोट । नुवाकोटको चौघडामा जारी फुटबलको पहिलो दिन तीन खेल भएको छ । सुन्दर विहानी युवा क्लवको आयोजनामा जारी खेलमा पहिलो खेलमा बगैंचा युथ क्लव २ गोलका साथ विजयी भएको थियो । खेलमा आयोजक सुन्दर विहानी युवा क्लव बी १ गोल गर्दै पराजय भएको थियो । यस्तै आज नै भएको अर्को खेलमा भने न्यू स्पोर्टले पञ्चकन्या गाउँपालिकालाई ० को विरुद्द चार गोल गर्दै विजयी भएको थियो ।
आज नै भएको अर्को खेलमा खरानिटार युवा क्लवले १ गोल गर्दै विजयी यात्रा सुरु गरेको छ । उक्त खेलमा ० गोलका साथ थ्री डी पराजय भोग्न बाध्य भएको थियो ।
यस्तै भोली आईतबार पनि चार खेल हुने छन् । पहिलो खेल ७ः३० मा ढिकुरे र पञ्चकन्या ए भिड्ने छन् ।
यस्तै दोस्रो खेल ११ बजे भण्डीभूमी र युनिटी भिड्ने छन् ।


तेस्रो खेल भने १ः३० मा हुने छ जसमा चौघडा र रिमठिम भिड्ने छन् भने अन्तिम खेल अर्थात ३ बजे देखि हुने खेलमा सुन्दर विहानी ए र मालाकोट भिड्ने खेल संयोजक शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।
खेलमा विजयी टिमले एक किलोको चाँदीको कप र दोस्रोले आधा किलोको कप पाउने छन् ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...