अष्ट्रेलियामा शुभकामना आदन प्रदान तथा अन्तरक्रिया सम्पन्न , कार्यक्रमा अष्ट्रेलियाका सत्तारूढ र विपक्षी दलका नेताको उपस्थिती

0
156

गैर आवासिय नेपालीको समस्याको समाधानमा आफू लागी पर्ने: संग्रौला

सिडनी । नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, नेपाल सम्वत, दिपावली छठ लगाएतका पर्वहरुको उपलक्ष्यमा अष्ट्रेलियाको सिडनीमा शुभकामाना आदन प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


अष्ट्रेलिया सर्तरुढ दलका नेता एवं लिब्रल पार्टीका अध्यक्ष पूर्व अध्यागमन मन्त्री फिलिप रुडक , बिपक्षी दल एनएसडब्लुकी नेता एवं संसद जोड म्याक्याको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य संघीय सदस्य एवं राज्य ब्यवस्थाा तथा सुशासन समिति सदस्य डा.डिला संग्रौलाले गैर आवासिय नेपालीको समस्याको समाधानमा आफू लागी पर्ने बताउनुभएको थियो । उहाँले गैरआवासिय नेपालीहरुका लागि संविधानले ब्यवस्था गरे अनुरुप नागरिकता पाउन सक्ने विद्ययक बनि रहेको बताउँदै ढुक्क हुन् अनुरोध गर्नुभएको थियो । साथै उहाँले जनसम्पर्क समिति अष्ट्रेलियाको अन्योलतालाई निकास दिन कृष्ण गिरीको अगुवाईमा अधिवेशनको जिम्मेवारी पनि दिएको जानकारी दिनुभएको थियो ।


कार्यक्रममा लिब्रल पार्टीका अध्यक्ष एवं पूर्व अध्यागमन मन्त्री फिलिप रुडकले नेपाली हरुको महान चाडको अवसरमा शुभकामना आदन प्रदान गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले नेपाली समुदायले विभिन्न क्षेत्रमा राम्रो गर्दै आएकोमा प्रशंसा गर्दै राम्रा कामको निरन्तरता दिन समेत आग्रह गर्नुभएको थियो ।


यस्तै कार्यक्रममा विपक्षी दिल एनएसडब्लुकी नेता एवं संसद जोड म्यक्याले नेपाली समुदाय सँग आफ्नो निकै नजिकको सम्वध भएको बताउनुभयो । उहाँले नेपालीहरुको महान चाडहरुमो उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रममा आफूलाई पनि सम्झेर शुभकामना ब्यक्त गर्ने मौका दिनु भएको प्रति आफू निकै खुसी भएको बताउनुभयो ।


यस्तै कार्यक्रममा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, अष्टे«लियन पूर्व सांसद क्रिस हाभिलेण्ड एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, नविन पन्त, समाजसेवी निरज श्रेष्ठ, डिली ढकाल, रञ्जु थापा वाग्ले, एल बी गिरी , रमेस थापा, पुरुसोत्तम मिश्र, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, पूर्व अध्यक्ष गणेश केसी, ओएनएफका अध्यक्ष रमेश पाण्डे, जनसम्पर्कका संरक्षक प्रेम सापकोटा, युवा नेता राजु अधिकारी, पूर्व सांसद एवं नेपाली कांग्रेस महासमिति सदस्इ राम वहादुर बिसी लगाएतका बक्ताले शुभकामना मन्तब्य राख्नु भएको लिभरल पार्टीका नेपाली लिडर नगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।


नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको आयोजनामा भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण गिरीले सभापतित्व गर्नु भएको थियो भने कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सुरेस गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।


सिडी स्थित मेरील्याण्डको बारदली फंङसन सेन्टरमा भएको उक्त कार्यक्रममा रोहित खड्का र नगेन्द्र अधिकारीले संचालन गर्नुभएको थियो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...