सुडालमा खेलाडी सम्मानित

0
200

भक्तपुर । कराते खेलमा उत्कृष्ठ खेलाडीहरुलाई सुडालमा सम्मानित गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा आरक्षण नेशनल एकेडेमी डोजोले विभिन्न खेलमा पदक विजेता खेलाडीहरुलाई सम्मानित गरेको हो ।
खेलमा पदक विजेता ९ खेलाडीलाई सम्मानित गरिएको हो ।


खेलाडी सम्मान गर्दै प्रमुख अतिथि चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का वडा सदस्य नरेन्द्र वहादुर श्रेष्ठले खेल विकासमा आफूहरुले जस्तो पनि सहयोग गर्न तयार भएको बताउनुभएको थियो । उहाँले नयाँ नगरपालिका भएका कारण आफूहरुलाई के गर्दा खेलको विकासमा सहयोग हुन्छ भनी पत्तो नहुँदा यसमा ध्यान दिन नसकेको बताउनुभयो ।


यस्तै कार्यक्रमका विषेस अतिथि रामशरण त्वातीले एकल खेलको विकास गर्न सके मात्र हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक जित्न सक्ने बताउँदै नगरपालिकाले नै एकल खेलको विकासमा जोड दिनु पर्ने बताउनुभएको थियो । उहाँले ८ औं सार्क गेममा एकल खेलका कारण नेपाल दोस्रो भएको स्मरण गर्दै उहाँले अव हामी पहिलो हुन् एकल खेलको विकासमा जोड दिनु पर्ने बताउनुभएको थियो ।


यस्तै उक्त कार्यक्रममा दोस्रो जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न गरिएको थियो । ग्रेडिङमा २९ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा रेफ्रि विजय एण्डो, पृथ्वी बासुकला, सञ्जय लामाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य आरक्षण नेशनल स्कुलका अनुज बुढाथोकीले गर्नुभएको थियो भने कार्यक्रम संचालन सुनिता मोत्ताले गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा प्रशिक्षक गणेश सुकमनीलाई महेन्द्र ग्राममा डोजो अनुमति पत्र समेत प्रदान गरिएको थियो ।

सम्मानित हुने खेलाडीहरुमा गोल्ड मेडल ल्याउने सन्देश खत्री, आभाष सुकमनी र आभा सुकमनी , रजत पदक ल्याउने बर्षा खत्री, निरज खत्री र प्रतिमा राई यस्तै कास्य पदक ल्याउने खेलाडीहरुमा अनिसा गाईजु, जेनिता अधिकार, निरुता मानन्धर रहेका थिए ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...