महराविरुद्ध जाहेरी, उनी पक्राउ पर्ने सम्भावना

0
78

काठमाडौं – तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी छन् ।

पटक–पटक बयान परिवर्तन गरिरहेकी शाहीले शुक्रवार महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् ।

रोशनीको जाहेरी दर्ता नभएकाले प्रहरी अधिकारीले आधिकारिक रुपमा यसबारे जानकारी दिइरहेका छैनन् तर रोशनीले प्रहरीमा जाहेरी भने बुझाइसकेकी छन् ।

रोशनीले हाम्राकुरा डटकमसँग कुरा गर्दै महराले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् । जसका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । अर्काे दिन रोशनीले बयान फेरेकाले अनुसन्धान अगाडि बढाउन समस्या भएको प्रहरी स्रोतले बताएको थियो ।

प्रहरीसँग रहेका प्रमाण र सूचनामा गत आइतवार महरा रोशनीको डेरामा गएको पाइएकाले प्रहरीले आवश्यक छानबिन गरिरहेको छ । रोशनीले किटानी जाहेरी दिएकाले अब अनुसन्धान अगाडि बढेको प्रहरी स्रोतले जनाएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...