पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

0
69

काठमाडौं । पूर्व सभामुख तथा सासंद कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । उनलाइ प्रहरी परीसर सिंहदरवार लगिएको छ
उनलाई पक्राउ गर्न डीएसपीको कमाण्ड एक टोली खटिएको थियो । सो कुरा महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उतम सुवेदीले जानकारी दिए।

महरालाइ सभामुख निवास बालुवाटारमा प्रहरीले केही समय अघि नै नियन्त्रणमा लिएको भए पनि सडकमा सवारी भएको र कानुनी प्रक्रिया पूरा गर्न केही समय लागेको थियो । उनलाई साँभ ६ः१५ बजे तिर निवासबाट बाहिर लगिएको थियो ।

पक्राउ गर्नु अघि सभामुखको सरकारी निवासमा अघि ठूलो संख्यामा प्रहरी परिचाल गरिए थियो । प्रहरीले उनलाई नियन्त्रणामा लिए पनि कहाँ राख्ने भन्ने विषय तथा केही अन्य कानुनी प्रक्रिया पूरा गर्न केही समय लागेको प्रहरी स्रोतले जनाएको छ । उनलाई उनले नै प्रयोग गर्ने रातो कारमा राखेर प्रहरीले बाहिर लगेको थियो ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...