पाकेको धान असिनाले खायो अव हामी के खाने

0
52

म्याग्दी । म्याग्दीका किसानलाई दशैं सँगै बज्रपात भएको छ । खेतमा लहलह पाकेको धान एक्कासी परेको असिना पानीले खाई दिदाँ उनीहरुलाई दशैं दशा भएको हो ।

म्याग्दीको बेनी नागरपालिका–२ का विभिन्न ठाउँमा मङ्गलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षति पुर्याएको छ ।

गौस्वाँरा, सानालेक, भकुण्डे क्षेत्रका खेतमा लगाइएको धानबाली असिनाले चुटेर क्षति पुर्याएको हो । पाकेर भित्र्याउने बेला भएको धानबाली असिनाले नष्ट गरेपछि कृषक निराश भएका छन् ।

असी प्रतिशत धान असिनाले चुटेर भुइँमा झारेको वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । “हावाहुरीसहित आएको असिनाले बालाको धान झारेर सखाप बनाएको छ”, थापाले भन्नुभयो, “सबै ठाउँमा पुगेर क्षतिको विवरण सङ्कलन गर्दैछाँै ।”भकुण्डे धानबालीको पकेट क्षेत्र हो । धानका साथै तरकारी र अन्य फलफूलमा पनि असिनाले क्षति पु¥याएको छ ।

मङ्गलबार दिउँसो २ बजेदेखि करीब तीन घण्टासम्म लगातार भएको भीषण वर्षाका कारण जिल्लावासीको जनजीवन प्रभावित भएको छ । आफन्तकहाँ दशैँमा टीका र आशीर्वाद थाप्न जान हिँडेका सर्वसाधारण वर्षापछि विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा समस्यामा परेका हुन् । खोल्सामा आएको बाढी र पहिरो तथा हिलोका कारण बेनी–बरञ्जा, बेनी–भकिम्ली, बेनी–दरवाङ, बेनी–पाखापानी, सिमलचौर–कुहुँ, बेनी–भगवती, बेनी–जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको थियो ।
अव असिनाले धान खायो हामी के खाने भन्दै किसान निरास भएका छन् ।जिल्ला भरमा के कति क्षति भयो भन्ने हाल सम्म एकिन हुन् सकेको छैन ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...