अमेरिकी हवाई आक्रमणमा ३० जना सर्वसाधारणको ज्यान गयो

0
59

अफगानिस्तान:- पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति घाइते भएको बताइएको छ । जस मध्ये ३० जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा १४ बालबालिका र एक महिला रहेका पनि विज्ञप्तिमा जनाइएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...