गुण्डुमा पाथिभरा माताको मन्दिर स्थापना

0
140

भक्तपुर । सूर्यविनायक नगरपालिका गुण्डुमा पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ ।

गुण्डुको पाँच रोपनी क्षेत्रफलमा प्रसिद्ध पाथिभरा माताको ३५० केजीको अष्ट धातुबाट निर्माण गरिएको मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो ।

पाँच महीना लगाएर रु ११ लाखमा निर्माण गरिएको पाथिभराको मन्दिरको निर्माणसँगै भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले जनाएका छन् ।

मन्दिर निर्माणका लागि श्रीमद्देवी भागवत ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ । पण्डितहरुले पाथिभरा वैष्णोदेवी मन्दिरको प्राणप्रतिष्ठा गरेका थिए ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...