भक्तपुरमा कुमारी र तलेजु जात्रा सम्पन्न

0
80

भक्तपुर । जीवित देवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारीजात्रा सम्पन्न भएको छ ।

तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई मंगलबार तलेजुको आगमघरमा ल्याएर विधिवत् रूपमा जात्रा मनाइएको तलेजुका नाइकेहरुले बताएका छन् ।

तलेजुमा ऋग्वेद, यजुर्वेद, अथर्ववेद र सामवेदलगायतको पाठ गरी कुमारीको राजोपाध्याय र कर्माचार्यको पूजा गरी कुमारीजात्रा मनाइएको थियो । कुमारीको चर्तुब्रह्म महाविहारमा लगी पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

तलेजुमा दशैँमा ५४ बोका, ३२ राँगा र २४ वटा हाँसको बली दिई तलेजु जात्रा मनाइएको छ । तलेजुमा मूल पुरोहितले मांसाहुति होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...