यात्रा गर्दै हुनुहुन्छ बैकल्पिक बाटो अपनाउनुहोस्, कोटेश्वरदेखि कौशलटारसम्म जाम

0
251

भक्तपुर । केहि दिन खुल्ला रहेको भक्तपुर छ लेन सडक पुन जाममा परिणत भएको छ । दशैंका लागि बाहिर जाने मानिसका कारण केहि दिन खुल्ला भएको सडक टीकाका दिन देखि आफन्तकहाँ टीका लगाउने जानेका कारण सडक जाम भएको हो । काठमाडौंका सडक टीका भन्दा अघि सम्म केहि खुल्ला रहेका थिए ।
आइतबार र सोमबार सुनसान रहेका सडकमा आज गाडीको संख्या बाक्लिएको छ भने कोटेश्वर क्षेत्रमा त लामो जाम नै रहेको छ । कोटेश्वरको जाम भक्तपुरको कौशलटारसम्मै पुगेको छ ।

काठमाण्डौबाट छोटो दुरीमै तराइ जाने बीपी राजमार्ग प्रयोगकर्ताको संख्या धेरै भएकाले कोटेश्वर क्षेत्रमा जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...