भक्तपुरमा अव स्मार्ट पथप्रदर्शक, एकै किसिमका पोषक अनिवार्य

0
899

भक्तपुर । भक्तपुर घुम्न आउने पर्यटकलाई पथ प्रर्दशन गर्ने हरु अव स्मार्ट देखिने भएका छन् । भक्तपुर नगर क्षेत्रका ६५ जना स्थानीय पदप्रदर्शकले लाइसेन्स साथै एकै किसिमका पोषाक पनि तोकिए सँगै अव भक्तपुरका पथ प्रर्दशक स्मार्ट देखिने भएका हुन् ।
भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति ९बीटीडीसी० र नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९नाथम० बाट एकमहिने लामो तालिम सँगै भक्तपुरको अलग्गै पहिचानका लागि पोषाक सहित उनीहरुले लाइसेन्स पाएका हुन् ।
भक्तपुर नपा र बीटीडीसीले उनीहरुलाई पथप्रदर्शकको लाइसेन्ससँगै नम्बर लेखिएको ब्याज र पोशाकसमेत व्यवस्था गरेको छ ।
एकमहिने तालिम लिँदाको क्रम संख्याको नम्बर नै स्थानीय पथप्रदर्शकले ब्याज पाएका हुन् । त्यस्तै उनीहरुलाई पोशाकको रुपमा आकाशे नीलो सर्ट, गाढा नीलो पाइन्ट र खरानी रंगको कोटको व्यवस्था गरिएको छ ।
भक्तपुरको पर्यटनलाई थप व्यवस्थित र परिस्कृत बनाउने पथप्रदर्शकहरुलाई लाइसेन्ससँगै ब्याज र पोशाक व्यवस्था गरिएको बीटीडीसीका अध्यक्ष रामसुन्दर भेले बताउँछन् ।
पर्यटकहरुलाई गाइडहरुको पहिचान गर्न र उनीहरुबारे गुनासो वा अरु केही भए सम्बन्धित निकायमा जानकारी दिन सहज बनाउन पोशाक तथा नम्बरसहितको ब्याजको व्यवस्था गरेको उनको भनाइ थियो ।
‘पर्यटकहरुलाई केही समयको भेटमै गाइडहरुको नाम र ठेगाना सम्झन गा¥हो हुन्छ’, अध्यक्ष भेलेले भने, ‘त्यसैले उनीहरुलाई गाइडहरुको पहिचानमा सहज बनाउन नम्बरसहितको ब्याजको व्यवस्था गरेका हौं ।’
उनले लाइसेन्स नभएका वा भक्तपुर नगरपालिका र बीटीडीसीमा सूचीकृत नभएका कुनै पनि पथप्रदर्शकलाई भक्तपुरमा गाइड गर्न क्रमिक रुपले नियन्त्रण गर्दै लगिने स्पष्ट पारे ।
स्थानीय पथप्रदर्शकहरुलाई परिचालन र व्यवस्थापन गर्न भक्तपुर नपाको पर्यटन शाखाका प्रमुख गौतमप्रसाद लासिवाको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । उक्त समितिले स्थानीय पथप्रदर्शकहरुको लागि छुट्टै आचारसंहितासमेत निर्माण गरेको छ ।
उक्त आचारसंहिता उल्लंघन गरे स्थानीय पथप्रदर्शकको लाइसेन्ससमेत खोसिने व्यवस्था गरिएको संयोजक लासिवा बताउँछन् ।
‘स्थानीय पथप्रदर्शकहरुलाई सुध्रिनको लागि चारपटकसम्म मौका दिने आचारसंहिता बनाएका छौं’, उनले भने, ‘त्यसबेलासम्म सुध्रिएन भने लाइसेन्स नै खारेज गर्छौं ।’
उनका अनुसार पथप्रदर्शकहरुलाई दुई समूहमा समेत बाँडिएको छ । एउटा समूह भक्तपुर दरबार क्षेत्रस्थित खौमामा बस्नेछ र अर्को समूह ब्यासीस्थित पर्यटक बसपार्कमा बस्नेछ ।
‘समूहमा ‘क्यू’ प्रणालीको व्यवस्था गरेका छौं’, बीटीडीसीका महासचिव दीपेशराज शर्माले भने, ‘क्यूअनुसार आफ्नो पालोमा मात्रै गाइड गर्न पाइनेछ अरुको पालोमा गाइड गर्न पाउनेछैन ।’
उनका अनुसार उक्त क्यू प्रत्येक महिनामा रोटेसन हुनेछ ।
त्यस्तै गाइडहरुको शुल्कसमेत तोकिएको छ । तीनजनाको समूहले आठसय रुपैयाँसम्म शुल्क लिन पाउनेछ । त्यस्तै पाँचजना र आठजनासम्मको समूहको क्रमशः एकहजार दुई सय र एकहजार ६ सय रुपैयाँ शुल्क तोकिएको छ । तोकिएभन्दा बढी शुल्क लिए अनुशासनको कारबाही गरिने परिचालन समितिका संयोजक लासिवाले जानकारी दिए ।
पर्यटकले खुसी भएर बढी नै दिए भने केही छैन तर तोकिएभन्दा बढी शुल्क लिएको गुनासो आए अनुशासनको कारबाही गरिने उनले स्पष्ट पारे ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...