को हुन् माओपछिका शक्तिशाली ! सी चीनफिङ ?

0
2240

काठमाडौं । वर्तमान चिनियाँ राष्ट्रपति सी चीनफिङ नेपाल आउने भएपछि उनको काठमाडौंमा भब्य तयारी भएको छ ।
साता दिन अघी देखि उनी आउने कुराले देशमो माहोल तातेको छ । राजनीतिक विचार एवं चीन र नेपाल सम्वन्ध हाल सम्म कति जनाले नेपाल भ्रमण गरे लगाएतका विभिन्न टिका टिप्पणी भएको हामी पाउँछौं ।
साथै चीनले विश्व बजारमा गरेको लगानीका आधारमा नेपालमा भोलिका दिनमा हुन् सक्ने लगानी र उक्त लगानीको रकम कसरी तिर्ने भन्ने विषयमा पनि विभिन्न संञ्चार माध्यमहरुले लेख्दै आएका छन् ।
यी कुरा त अन्य भए तर को हुन् त नेपाल भ्रमणमा आउन लागेका चीनीया राष्ट्रपति भन्ने विषयमा जानौं ।

विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको शक्तिशाली राष्ट्र चीनबारे आम मानिसको चासो हुनु स्वभाविकै हो । यस्तो शक्तिशाली देशको नेतृत्व गर्ने व्यक्तिबारे विश्वभरीका मानिसको चासो हुने गर्छ ।

वर्तमान चिनियाँ राष्ट्रपति सी चीनफिङ को हुन् र. कसरी उनी यति शक्तिशाली देशको नेतृत्व तहमा पुगे र एक दशकदेखि टिकिरहेका छन् ।

क्रान्तिकारी परिवारमा जन्म, केमिकल इन्जिनियरिङको पढाइ
राष्ट्रपति सीको जन्म, जुन १५ सन् १९५३ मा एक क्रान्तिकारी परिवारमा भएको थियो । राजधानी पेइचिङ नजिकैको एक गाउँमा उनको जन्म भएको थियो । सीका पिता सी झोङयुन पनि एक प्रखर कम्युनिस्ट नेता थिए । परिवारको दोस्रो सन्तानको रुपमा जन्मेका सीले अध्ययनको राम्रो अवसर पाएका थिए ।

पिता झोङयुनले महान् चीनिया नेता माओ त्से तुङको साथमा गुरिल्ला युद्धसमेत लडेका थिए । यसैकारण सीका पिता राष्ट्रिय जनकंग्रेसको उपाध्यक्ष हुँदै आर्थिक सुधारको एजेन्डा लागु गर्न देङ सियाओपिङलाई साथ दिने प्रमुख व्यक्ति बने । ८८ वर्षको उमेरमा २००२ मा मृत्यु हुनुअघि नै उनका छोरा सि जिनपिङ पार्टीमा स्थापित भइसकेका थिए ।

पिताले पार्टीको कारबाही भोग्नुपरेकाले बाल्यकालमा सीको पढाइमा केही उतारचढाव आयो । तर उनका पिताले शिक्षाको महत्त्व बुझेका कारण सीलाई राम्रो शिक्षा प्राप्त भयो । ग्रामीण परिवेशमै सीको माध्यमिक शिक्षा पुरा भयो ।

यसपछि उनले तिसुङ्गा विश्वविद्यालयमा केमिकल इन्जिनियरिङ पढेका छन् । उक्त सैन्य विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सैन्य तालिम, प्राविधिक शिक्षा र माक्र्सवाद पढ्नुपथ्र्यो । विश्वविद्यालयमा नै सीले समूहलाई संगठीत गर्नेदेखि आफ्नो विचारमा अडिग रहने सीप सिकेका थिए । स्कूलमा हुने साहसिक क्रियाकलापमा पनि उनको रुचि थियो ।

पूर्वराजदूतकी छोरीसँग पहिलो र गायिकासँग दोस्रो विवाह
बेलायतका लागि चिनियाँ पूर्वराजदूतकी छोरी के सिओमिङसँग सीको पहिलो विवाह भयो । सन् १९७९ मा विवाह गरेको यो जोडीले चार वर्षपछि सम्बन्ध विच्छेद गर्यो ।

यसपछिचर्चित लोकगायिका पेङ लियुङसँग सन् १९८७ मा सी ले दोस्रो विवाह गरे । पेङ लियुङका लोकगीत चीनमा प्रसिद्ध छ । पहिला सार्वजनिक जीवनमा निकै छाएकी गायिका पेङ अहिले सार्वजनिक कार्यक्रममा त्यति देखा पर्दिनन् ।

राजनीतिमा उदय
१८ वर्षको सन् १९७१ मा उमेरमा चीनिँया कम्युनिस्ट पार्टीको युवा लिगमा आबद्ध हुँदै सीको राजनीतिक जीवन सुरू भयो । यद्यपि कम्युनिस्ट पार्टीको सदस्यता लिन सीले तीन वर्ष कुनुपर्यो । यसबीचमा सदस्य हुन दिएको उनको आवेदन पार्टीले दशौँ पटकसम्म अस्वीकृत गर्यो ।

पार्टी राजनीतिमा होमिने क्रममा सीले चीनका अधिकांश प्रान्तमा भ्रमण गरेका छन् । ६ वटामा भन्दा बढी प्रान्तमा त उनले पार्टीको विभिन्न कार्यकारी पदमा रहेर काम गरिसकेका छन् ।

२००७ मा स्थायी समिति सदस्य भएर राजधानी पेइचिङ जानुअघि उनले सान्सी, हेवेइ, फुजियान र झेजिङमा प्रान्तमा प्रदेश प्रमुखका साथै कम्युनिस्ट पार्टी प्रमुख भएर २५ वर्ष बिताए । यसले गर्दा आफ्नो देशको समग्र आर्थिक–सामाजिक अवस्थाबारे सीलाई राम्रो ज्ञान भयो ।

सन् २००७ मा भएको पार्टीको १७ औं महाधिवेशनबाट सी शक्तिशाली पदमा नियुक्त भए । त्यतिबेला उनी पार्टीको स्थायी समिति सदस्य बने । आफ्ना प्रतिद्वन्द्वी मानिएका ली कसियाङलाई पछि पार्दै स्थायी समितिको छैटौं नम्बरको सदस्य बनेका सी २००८ मा उपराष्ट्रपतिमा नियुक्त भएपछि तत्कालीन राष्ट्रपति हु जीन ताओको उत्तराधिकारी बन्ने पक्का भयो । १५ मार्च सन् २००८ मा उनी जनगणतन्त्रको चीनको उपराष्ट्रपति भए ।

२०१२ मा सर्वोच्च नेता भएपछि सीले क्रमिक रुपमा सत्तामाथि आफनो नियन्त्रण बढाउँदै लगे । १४ मार्च २०१३ मा सी प्रथम कार्यकालको लागि राष्ट्रपतिमा चुनिए । यसपछि सन् २०१८ मार्च १७ भएको पार्टी अधिवेशनसँगै सी दोस्रो कार्यकालका लागि राष्ट्रपति भए । सटिक निर्णय क्षमता भएका सीले भष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति लिएका छन् । यस्तै ग्रामीण विकासको लागि उनले अघि सारेका योजनाका कारण पनि सी चिनियाँ जनतामाझ लोकप्रिय छन् ।

माओपछिका शक्तिशाली
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले राष्ट्रपति सी चीनफिङ माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली नेता बनेको टिप्पणी गरिरहेका छन् । माओपछि पनि चिनियाँ नेताहरूले आफ्ना विचारहरूलाई कम्युनिस्ट पार्टीको विधानमा राखेका थिए तर कसैको पनि विचारले ‘वाद’ को रूप लिन सकेको थिएन ।

अहिले पार्टीले सीको विचारलाई वैधानिक सिद्धान्त मानिसकेको छ ।

चीनको संविधानअनुसार कुनै राष्ट्रपति पाँच सालको कार्यकालका लागि केवल दुई पटक मात्रै पदमा रहन सक्ने व्यवस्था छ । तर माओपछि देशका सर्वाधिक शक्तिशाली नेता मानिने सी भ्रष्टाचारसँग लड्ने, गरीबी हटाउने र चीनलाई एक आधुनिक देश बनाउने एजेन्डाको नाममा थप कार्यकाल माग गरिहेका छन् । चीनको आर्थिक–सामाजिक विकासलाई विश्वकै उदाहरणीय बनाउने लक्ष्य सीले लिएका छन् ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...